‘मोदी भारतलाई हिन्दू राष्ट्र बनाउन लागिपरेका छन्’
शनिबार, ११ माघ २०७६, १० : ५७
२

अमेरिकी अर्बपति तथा समाजसेवी जर्ज सोरोसले ड्याभोसमा चलिरहेको ‘वर्ल्ड इकोनोमिक फोरम’को एक कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना गरेका छन् ।
सोरोसले मोदी अहिले भारतलाई हिन्दू राष्ट्र बनाउन लागि परेको आरोप लगाए ।
लोकतान्त्रिक रुपबाट चुनिएर आएका नरेन्द्र मोदीले देशलाई हिन्दू राष्ट्रवादी देश बनाउन लाग्नु भारतको लागि एकदम ठूलो झट्का भएको सोरोसले बताए ।
सोरोसले कश्मीरमा प्रतिबन्ध लगाएर मोदीले त्यहाँका मानिसलाई सजाय दिइरहेको र लाखौं मुसलमानको नागरिकता खोस्ने धम्की दिइरहेका बताए ।
भारतको स्वशासित प्रदेश जम्मू–कश्मीरलाई उक्त अधिकार दिएको संविधानको धारा ३७० हटाएको र नयाँ नागरिकता कानून ल्याएको सन्दर्भमा उक्त टिप्पणी गरेका थिए ।
सारोसले भारतको मात्र होइन अमेरिकी र चिनिया नेताको पनि आलोचना गरे र तीनलाई पनि तानाशाही बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
के हो चट्याङ ? चट्याङ लागेर किन मान्छे मर्छन् ? | श्रीराम शर्मा - चट्याङविद्
-
राष्ट्र बैंकले पेन्सन कोषको ९७ करोड लगानी गर्दै
-
वर्षा गराउने प्रणाली उत्तरपूर्व सर्दैछ, सतर्क रहौँ : महाशाखा
-
मधेस प्रदेशसभा अधिवेशन अन्त्य
-
२१ महिनामा कर्णालीमा बन्यो ६५ पुल
-
नेपाल कृषि इन्जिनियर्स सोसाइटीको अध्यक्षमा चन्द निर्वाचित