शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चीनको कोरोनाभाइरस नयाँ खालको : के यसले महामारीको रुप लेला ?

यस्तो छ नयाँ कोरोनाभाइरसको नालीबाली : यसबाट जोगिनका लागि के के गर्नु जरुरी छ ?
शनिबार, ११ माघ २०७६, ११ : २४
शनिबार, ११ माघ २०७६

 

चीनको वुहान प्रान्तबाट फैलिएको भनिएको कोरोनाभाइरसको संक्रमण संसारका विभिन्न भागहरुमा पनि फैलिएर देखापर्न थालेको छ । यो संक्रमण हवाइ मार्गको हिसाबले ११६७१ किलोमिटर टाढा अमेरिकासमम पनि पुगिसकेको छ भने त्यससँगै सीमा जोडिएको नेपालमा पनि यो भाइरसको संक्रमण देखापरेको छ । यी दुवै देशमा संक्रमणको स्रोत चाहिँ त्यस्तो व्यक्ति भएको छ, जो पछिल्लो चरणमा चीनका वुहान प्रान्त वा त्यस नजिकको क्षेत्र भ्रमण गरेका थिए ।  त्यसबाहेक, चीन वरपरका अन्य देशहरुमा पनि यो भाइरसको संक्रमण देखापरेको छ ।


डरलाग्दो कुरा नै के भएको छ भने तीब्रसंक्रमणका रुपमा देखापरेको अहिलेको कोरोनाभाइरसचाहिँ पहिले पहिले फेलापरिसकेका कोरोनाभाइरसभन्दा नयाँ खालको छ । यो भाइरस कस्तो हो र यो कत्तिको घातक हुन सक्छ भन्ने कुराबारेमा वैज्ञानिकहरुले पर्याप्त जानकारी हासिल गरिसकेका छैनन् । त्यसैले यो भाइरसको घातकताबारेमा विश्वव्यापी रुपमै अन्यौल छ र त्यही अन्यौलताका कारण एक किसिमको आतंक पनि छाएको छ ।


डरलाग्दो कुरा नै के भएको छ भने तीब्रसंक्रमणका रुपमा देखापरेको अहिलेको कोरोनाभाइरसचाहिँ पहिले पहिले फेलापरिसकेका कोरोनाभाइरसभन्दा नयाँ खालको छ । यो भाइरस कस्तो हो र यो कत्तिको घातक हुन सक्छ भन्ने कुराबारेमा वैज्ञानिकहरुले पर्याप्त जानकारी हासिल गरिसकेका छैनन् । त्यसैले यो भाइरसको घातकताबारेमा विश्वव्यापी रुपमै अन्यौल छ र त्यही अन्यौलताका कारण एक किसिमको आतंक पनि छाएको छ ।

कोरोनाभाइरसः जान्नैपर्ने केही कुराहरु

नयाँ पत्ता लागेको कोरोनाभाइरस चीनभित्रै विभिन्न शहरहरुमा फैलिइरहेको छ र यो अरु विभिन्न देशहरुमा पनि पुगिसकेको छ । यो भाइरसबाट संक्रमित हुने तथा त्यसैका कारण मर्नेहरुको संख्या बढ्दै जाँदा संसारभरिका स्वास्थ्य वैज्ञानिक तथा सम्बन्धित पदाधिकारीहरु  यस भाइरसका बारेमा विस्तृत जानकारी हासिल गर्न तथा यसको संक्रमणलाई रोक्नका लागि युद्धस्तरमा लागिपरेका छन् ।

कोरोनाभाइरस : रुघाखोकी लगाउने सामान्य भाइरसदेखि खतरनाक भाइरससम्म

सामान्यतः कोरोनाभाइरस मानिसमा रुघाखोकी लगाउने सयौं भाइरसहरुको समूहमध्येका एक भाइरस समूह हो । कोरोनाको अर्थ मुकुट जस्तै आकारको हुन्छ र त्यसैको आधारमा यो भाइरसको नाम पनि कोरोनाभाइरस रहेको हो । अहिलेसम्म ज्ञात भएअनुसार, कोरोनाभाइरसका ६ वटा प्रजातिले मानिसलाई संक्रमण गर्ने गर्छ । अहिलेको यो नयाँ कोरोनाभाइरस यसअघि नदेखिएको नयाँ प्रजातिको भएको पक्का भएबाट यो मानिसलाई संक्रमण गर्ने सातौं प्रजातिको कोरोनाभाइरस भएको छ । 


अहिलेसम्म ज्ञात भएअनुसार, कोरोनाभाइरसका ६ वटा प्रजातिले मानिसलाई संक्रमण गर्ने गर्छ । अहिलेको यो नयाँ कोरोनाभाइरस यसअघि नदेखिएको नयाँ प्रजातिको भएको पक्का भएबाट यो मानिसलाई संक्रमण गर्ने सातौं प्रजातिको कोरोनाभाइरस भएको छ । 


अहिले चीनमा खतरनाक रुपमा  देखिएको कोरोनाभाइरस सोअन्तर्गतको अहिलेसम्म फेला नपरेको, नयाँ प्रजातिको मानिएको छ । सो भाइरसलाई २०१९–एनकोभी  (2019-nCoV)  नाम दिइएको छ ।

वास्तवमा कोरोना भाइरस भनेको भाइरसहरुको एउटा ठूलो समूह हो, जसले रुघाखोकी लगायत श्वासप्रश्वाससम्बन्धी समस्याहरु गराउने गर्दछ । सामान्यतः अधिकांश मानिसहरु आफ्नो जीवनकालमा कुनै न कुनै बेला यो भाइरसबाट संक्रमित हुने गर्छ । यसका लक्षणहरु सामान्यतः रुघाखोकीकै जस्तो हुने गर्छ तर कहिले काहीँ यो जटील भएर तल्लो श्वासप्रश्वास नलीमा संक्रमण गर्ने निमोनिया र बोङकाइटिस जस्ता अली जटील खालको संक्रमण पनि बन्न पुग्छ ।

यी भाइरसहरु संसारभरि नै सामान्यतः जनावरहरुलाई संक्रमण गर्ने गर्छ र तीमध्ये केहीले मात्रै मानिसलाई संक्रमण गर्ने गर्छ । यो भाइरस विरलै जनावरबाट मानिसमा सर्ने गर्छ । अर्थात् यो भाइरसले आफ्नो रुप परिवर्तन गरेर जनावरबाट मानिसमा सर्ने सम्भावना अति कम हुन्छ । तर जब यो भाइरसले रुप परिवर्तन गर्छ र त्यसरी जनावरबाट मानिसमा सर्छ, त्यो नयाँ खतरनाक किसिमको भाइरस बन्न पुग्छ । सन् २०१२ मा महामारी फैलाउने मेर्स  (मिडिल इस्ट रेस्पिरेटोरी सिन्ड्रोम कोरोनाभाइरस (MERS-CoV))  र सार्स (सिभियर एक्युट रेस्पिरेटोरी सिन्ड्रोम कोरोनाभाइरस (SARS-Cov)) त्यस्तै घटनाको ज्वलन्त उदाहरण हुन् । ती दुई महामारीले विगतमा सयौंको ज्यान लिइसकेको छ ।


यो भाइरस विरलै जनावरबाट मानिसमा सर्ने गर्छ । अर्थात् यो भाइरसले आफ्नो रुप परिवर्तन गरेर जनावरबाट मानिसमा सर्ने सम्भावना अति कम हुन्छ । तर जब यो भाइरसले रुप परिवर्तन गर्छ र त्यसरी जनावरबाट मानिसमा सर्छ, त्यो नयाँ खतरनाक किसिमको भाइरस बन्न पुग्छ ।


अहिले चीनमा देखापरेको र विश्वव्यापी रुपमा नै आतंक फैलाउँदै गइरहेको कोरोनाभाइरस पनि विल्कुलै नयाँ प्रजातिको रहेको र त्यो पनि जनावरबाटै मानिसमा सरेको तथ्यहरुले देखाएको छ ।

उत्पत्ति थलो चीन : जनावरबाट मानिसमा सर्यो !

सबैभन्दा पहिले यो भाइरस डिसेम्बर १२, २०१९ का दिन चीनको वुहान प्रान्तको स्थानीय माछामासुबजारमा देखापरेको थियो । प्रारम्भिक रुपमा यो भाइरसले त्यहाँका पसले तथा त्यस पसलमा जाने मानिसहरुमा निमोनियाको जस्तो लक्षण देखापरेको र अन्ततः त्यसले तिनीहरुको ज्यानै लिएको थियो । त्यसआधारमा शुरुवातमै यो भाइरस जनावरबाटै मानिसमा सरेको हुन सक्ने अनुमान गरिएको थियो ।

अनुसन्धानकर्ताहरुले संसारभरिका विभिन्न जनावरहरुलाई संक्रमण गर्ने हालसम्म ज्ञात २०० भन्दा बढी कोरोनाभाइरसका जेनेटिक सिक्वेन्ससँग दाँजेर हेर्दा यो भाइरस सर्पबाट म्युटेसन भएर मानिसमा सरेको हुन सक्ने फेला पारेका थिए ।

अनुसन्धानकै क्रममा वैज्ञानिकहरुले के पनि नोट गरे भने अहिले संक्रमणको उत्पत्ति थलो दक्षिणपश्चिम चीनमा पाइने मूलतः दुई किसिमका साँपहरु करेत (Bungarus multicinctus)    र चिनियाँ कोब्रा f (Naja atra) बाट यो आएको हुन सक्छ ।

वैज्ञानिकहरुका अनुसार, यो भाइरस कुन जनावरबाट मानिसमा सरेको हो भन्ने कुराको पहिचानले यसको प्रभावकारी उपचार खोज्नको लागि सजिलो हुन्छ ।

तर अहिले नै वुहानको कोरोनाभाइरस सर्पबाटै सरेको हो भन्ने ठोकुवा चाहिँ भइसकेको छैन । अर्को एउटा विश्लेषण https://www.biorxiv.org/content/10.1101/2020.01.22.914952v1 मा चाहिँ यो नयाँ कोरोनाभाइरसको जेनेटिक सिक्वेन्स चमेरामा पाइने कोरोनाभाइरससँग ९६ प्रतिशत मिल्दोजुल्दो पाइएको छ । यहाँ ध्यानयोग्य कुरा के छ भने विगतमा कोरोनाभाइरसकै भिन्न प्रजातिले महामारी फैलाएको सार्स र मेर्स भाइरसको उत्पत्तिथलो पनि चमेरा नै मानिएको थियो । जेहोस्, चमेराभन्दा पनि अहिलेको भाइरस सर्पबाट नै सरेको हुन सक्ने आँकलन गरिएको छ ।

भाइरस सर्पबाट मानिसमा कसरी सर्यो ?

सामान्यतः मानिसलाई संक्रमण गर्ने र जनावरलाई संक्रमण गर्ने भाइरसहरु फरक फरक हुन्छन् । जनावरलाई संक्रमण गर्ने सबै भाइरसले मानिसलाई संक्रमण गर्न सक्दैन भने मानिसलाई संक्रमण गर्ने सबै भाइरसले जनावरलाई पनि संक्रमण गर्न सक्दैन । तर जनावरलाई संक्रमण गर्ने केही भाइरसहरु यस्ता पनि हुन्छन् जसले जनावरबाट सरेर मानिसलाई पनि संक्रमण गर्न सक्छ । अहिले चीनमा देखापरेको कोरोनाभाइरस पनि त्यस्तै खालको भाइरस हो ।

द जर्नल अफ मेडिकल भाइरोलोजीमा प्रकाशित अध्ययन रिपोर्टका अनुसार, सर्पमा भएको कोरोनाभाइरसका भाइरल प्रोटिनहरुमध्ये एउटा परिवर्तन आएको फेला पारे जसले गर्दा त्यो भाइरसले मानिसलाई शिकारको रुपमा चिन्न र उसको कोषमा बाँधिएर बस्न सक्यो । भाइरसको प्रोटिनमा परिवर्तन गर्ने यो क्षमता भनेको कुनै पनि शिकारको कोषमा प्रवेश गर्ने जटील प्रक्रिया हो र त्यही प्रक्रियाले गर्दा अहिले चीनमा देखापरेको कोरानाभाइरस सर्पबाट मानिसमा सरेको अनुसन्धानकर्ताहरु बताउँछन् ।

मानिसबाट मानिसमा सर्न सक्छ यो भाइरस ?

अहिले देखापरेको कोरोनाभाइरस जनावरबाट मानिसमा सरेको देखिन्छ । तर यो अन्य कोरोनाभाइरसजस्तै मानिसबाट मानिसमा पनि सर्न सक्छ । सामान्यतः मानिसमा लाग्ने कोरोनाभाइरस संक्रमित व्यक्तिबाट अन्य व्यक्तिमा सर्ने माध्यमहरु निम्न छन्ः


अहिले देखापरेको कोरोनाभाइरस जनावरबाट मानिसमा सरेको देखिन्छ । तर यो अन्य कोरोनाभाइरसजस्तै मानिसबाट मानिसमा पनि सर्न सक्छ ।


–हावा (संक्रमितले खोक्दा वा हाँच्छिउ गर्दा हावामा गएका किटाणुहरुबाट)

–संक्रमितसँगको लसपस (छुँदा, हात मिलाउँदा, अंगालो मार्दा)

–कोरोनाभाइस रहेका वस्तुहरुबाट (त्यस्ता वस्तु छोएको हात नघोइएको अवस्थामा मुख, नाक, आँखाहरु छुँदा,कोट्याउँदा वा मिच्दा)

–संक्रमितका दिसाबाट ( दुर्लभ अवस्थामा)

के महामारीको रुपमा लिन सक्छ ?

कुनै पनि भाइरसले मानिसमा महामारीको रुप लिनको लागि तीन वटा कुराहरु आवश्यक पर्दछन् :

–मानिसलाई प्रभावकारी ढंगले संक्रमित गर्न सक्नुपर्छ

–मानिसमै पुनरुत्थान हुँदै संख्या बढ्न सक्नुपर्छ

–मानिसबाट मानिसमै सजिलै सर्न सक्नुपर्छ

सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (CDC) का अनुसार हालसम्म ज्ञात भएको अवस्थामा यो भाइरस मानिसबाट मानिसमा महामारीको रुपमा फैलिएको देखिएको छैन, सीमित रुपमा मात्रै सर्ने गरेको पाइएको छ । तर यो नै अन्तिम  निष्कर्ष भने होइन । अहिले यो भाइरसले महामारीको रुप लिन सक्ने सम्भावनाबारे विश्वव्यापी रुपमा नै गहिरो अध्ययन भइरहेको छ ।


सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (CDC) का अनुसार हालसम्म ज्ञात भएको अवस्थामा यो भाइरस मानिसबाट मानिसमा महामारीको रुपमा फैलिएको देखिएको छैन, सीमित रुपमा मात्रै सर्ने गरेको पाइएको छ । तर यो नै अन्तिम  निष्कर्ष भने होइन । अहिले यो भाइरसले महामारीको रुप लिन सक्ने सम्भावनाबारे विश्वव्यापी रुपमा नै गहिरो अध्ययन भइरहेको छ ।


चीनको नयाँ कोरोनाभाइरस यतिखेर चीनका बेइजिंग, लगायत शहरहरुमा फैलिएको छ र त्यसले चीनको सीमा नाघेर नेपाल, अमेरिका, जापान, थाइल्याण्ड, दक्षिण कोरिया लगायतका देशहरुमा पनि संक्रमित देखापरिसकेको छ ।

https://a.scpr.org

यो कोरोनाभाइरसले मूलतः शरीरको रोग प्रतिरोधी क्षमता (इम्यून सिस्टम) कमजोर भएका तथा पहिले नै निमोनिया भएका व्यक्तिलाई चाँडै संक्रमण गर्ने गरेको देखिएको छ । तर अहिलेसम्मको स्थितिमा यो संक्रमण प्रारम्भिक रुपमा एउटा मानिसबाट अर्को मानिसमा चाहिँ तीब्र रुपमा नसरेको पाइएको छ । तर यस नयाँ भाइरसको प्रकृति र किसिमका बारेमा तथा यो कसरी सर्छ भन्ने बारेमा पूर्णतः अध्ययन भइनसकेको अवस्थामा ‘भाइरस भनेको भाइरसनै हो र यो पनि अन्य भाइरस जस्तै मानिसबाट मानिसमा सजिलै सर्न सक्ने’ चेतावनी विश्व स्वास्थ्य संगठनले दिएको छद् । कदाचित त्यस्तो परिणाम आयो भने यो नयाँ कोरोनाभाइरसको संक्रमण झनै खतरनाक हुन सक्ने देखिन्छ ।


यस नयाँ भाइरसको प्रकृति र किसिमका बारेमा तथा यो कसरी सर्छ भन्ने बारेमा पूर्णतः अध्ययन भइनसकेको अवस्थामा ‘भाइरस भनेको भाइरसनै हो र यो पनि अन्य भाइरस जस्तै मानिसबाट मानिसमा सजिलै सर्न सक्ने’ चेतावनी विश्व स्वास्थ्य संगठनले दिएको छद् । कदाचित त्यस्तो परिणाम आयो भने यो नयाँ कोरोनाभाइरसको संक्रमण झनै खतरनाक हुन सक्ने देखिन्छ ।


यतिखेर विश्वस्वास्थ्य संगठनलगायत सारा संसारकै चासो र चिन्ता कतै यो नयाँ कोरोनाभाइरसले  पनि सार्स र मेर्सजस्तै महामारीको रुप त नलेला भन्नेतर्फ केन्द्रित छ । जनावरबाट मानिसमा सरेको तथा कोरोनाभाइरसकै अन्य प्रजातिका कारण सन् २००२–२००४ मा फैलिएको तथा चीनबाट उत्पत्ति भएको सार्स (Severe acute respiratory syndrome) महामारीले संसारभरि नै ८०९८ जनालाई संक्रमित तुल्याएको थियो भने त्यसले ७७५ जनाको ज्यान लिएको थियो । तर सन् २००४ यता सो भाइरसको संक्रमण देखापरेको छैन ।  त्यसैगरी, सन् २०१२ मा अरबबाट शुरु भएर पछिल्ला ३–४ वर्षहरुसम्म पनि विश्वका विभिन्न भागहरुम देखिएको मेर्स (Middle East respiratory syndrome ले पनि संसारभरि २५०० मानिसलाई संक्रमित तुल्याउँदै ४०० जना भन्दा बढीको ज्यान लिएको थियो ।

सार्स र मेर्ससँगको तुलना

सार्स भाइरस । https://i.ytimg.com

कोरोनाभाइरसले विगतमा महामारीको रुप लिएको इतिहास छ । खासगरी २००२ देखि २००४ सम्म चीनबाटै शुरु भएको सार्स र सन् २०१२ मा सउदी अरेबियाबाट शुरु भएको मेर्स को महामारी पनि कोरोनाभाइरसबाटै भएको थियो ।

दक्षिण चीनबाट शुरु भएर महामारीको रुपमा फैलिएको सार्सको स्रोत चमेरा रहेको थियो भने सउदी अरेबियाबाट शुरु भएर अरब क्षेत्रमा फैलिएको मेर्स पनि ऊट मानिसमा सरेको थियो । खासगरी, संक्रमित उटको सम्पर्कमा आउँदा, त्यसको मासु वा दुध खाँदा त्यो रोग मानिसमा सरेको थियो । अहिले चीनको वुहानमा देखापरेको कोरोनाभाइरस पनि संक्रमित जनावरबाटै सरेको प्रारम्भिक रिपोर्टहरुले देखाएको छ । 

वुहानमा देखिएको कोरोनाभाइरस सार्स वा मेर्सभन्दा फरक खालको, नयाँ प्रजातिको पाइएको छ । यी तीनवटै कोरोनाभाइरस एउटै भाइरस समूहअन्तर्गतका हुन् । तर अहिलेको नयाँ कोरोनाभाइरस सार्स र मेर्स गराउने कोरोनाभाइरसहरुको तुलनामा कतिको खतरनाक वा गम्भीर छ भन्ने कुरा अहिले नै टुंगो लागिसकेको छैन । हालसम्म शरीरको रोग प्रतिरक्षा प्रणाली कमजोर भएका मानिसहरुको यसले ज्यानै लिएको छ भने अधिकांशमा चाहिँ यो सामान्य विरामीको रुपमा मात्रै देखिएको छ र चिकित्सीय हेरचाहपश्चात निको पनि भएका छन् ।


वुहानमा देखिएको कोरोनाभाइरस सार्स वा मेर्सभन्दा फरक खालको, नयाँ प्रजातिको पाइएको छ । यी तीनवटै कोरोनाभाइरस एउटै भाइरस समूहअन्तर्गतका हुन् । तर अहिलेको नयाँ कोरोनाभाइरस सार्स र मेर्स गराउने कोरोनाभाइरसहरुको तुलनामा कतिको खतरनाक वा गम्भीर छ भन्ने कुरा अहिले नै टुंगो लागिसकेको छैन ।


ध्यानयोग्य कुरा के छ भने ती तिनवटै कोरोनाभाइरसहरु संक्रमित व्यक्तिबाट स्वस्थ मानिसमा सर्ने गर्छ ।

कति खतरनाक छ यो नयाँ भाइरस ?

यो नयाँ भाइरसको उत्पत्ति केबाट भएको हो र यो कस्तो खालको हो भन्ने बारेमा अझै वैज्ञानिकहरु अन्तिम निष्कर्षमा पुगिसकेका छैनन् । वैज्ञानिकहरु निष्कर्षमा पुगेको कुरा चाहिँ के हो भने यो कोरोनाभाइरस समूहकै भाइरस हो तर यो विगतमा देखिएका मानिसलाई संक्रमण गर्ने कोरोनाभाइरसहरु भन्दा नयाँ प्रजातिको हो ।

यो भाइरसले संक्रमण गरेपछि देखापर्ने लक्षणहरु मध्यदेखि गम्भीर खालका छन् । यो भाइरसको संक्रमणमा परेकाहरुमध्ये एक चौथाइजतिमा गम्भीर लक्षणहरु देखापरेका छन्  । खासगरी, यो भाइरसको संक्रमणको गम्भीरता मुटुको रोग, उच्चरक्तचाप, डाइबिटिज, निमानिया जस्ता समस्या भएका बुढापाकामा बढी देखिएको छ ।  अहिलेसम्म यसको घातकताको दर ४ प्रतिशत देखिएको छ । विगतमा सार्सको घातकताको दर १४ देखि १५ प्रतिशत थियो ।


वैज्ञानिकहरुलाई अहिले मुख्य चिन्ताको विषय भनेकै कतै यसले महामारीको रुप त नलेला भन्ने नै हो । अहिलेसम्म यो भाइरस कति चाँडो र कति सजिलै मानिसबाट मानिसमा सर्छ भन्ने कुराको यकीन भइसकेको छैन ।


वैज्ञानिकहरुलाई अहिले मुख्य चिन्ताको विषय भनेकै कतै यसले महामारीको रुप त नलेला भन्ने नै हो । अहिलेसम्म यो भाइरस कति चाँडो र कति सजिलै मानिसबाट मानिसमा सर्छ भन्ने कुराको यकीन भइसकेको छैन । अहिलेसम्म संक्रमित व्यक्तिसँग नजिकको सम्पर्कमा आएकालाई यसले शिकार बनाएको पाइएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार, यो भाइरस जनावरबाट मानिसमा र संक्रमित मानिसबाट मानिसमा हुँदै चार तहसम्म सरेको पाइएको छ र त्यसले विशेषज्ञहरुलाई चिन्तित तुल्याएको छ ।

नयाँ कोरानाभाइरसका लक्षणहरु र उपचार के हुन् त ?

https://i.dailymail.co.uk

नयाँ कोरोनाभाइरसले संक्रमण गरेपछि देखापर्ने मुख्य लक्षणहरुमा ज्वरो, खोकी र स्वास फेर्न गाह्रो पर्ने हुन् । यो संक्रमणको कुनै खास उपचार छैन र धेरैजसो विरामीहरु केही समयपछि आफैं निको हुन्छन् । यसको उपचार पनि अरु भाइरसको संक्रमणमा जस्तै मूलतः आराम र अन्य लक्षणअनुसारका आराम पुर्याउने उपचार नै हो । तातो वाफको प्रयोग तथा तातो पानील्े नुहाउँदा, कुल्ला गर्दा खोकी र घाँटी दुखाइमा आराम पुग्न सकछ । त्यसै गरी, तातो सुप तथा पर्याप्त मात्रामा पानी पिउँदा पनि संक्रमणबाट चाँडो मुक्ति पाउन सकिन्छ । तर समस्या जटील भयो वा तपाईंलाई शंका वा चिन्ता लाग्यो भने चाहिँ तुरुन्त चिकित्सकलाई जँचाउनु पर्छ । यो कुरा अहिले देखापरेको नयाँ कोरोनाभाइरसको उपचारमा मात्र हैन, सबै भाइरस संक्रमणहरुमा लागू हुने कुरा हो ।

सामान्यतः रुघाखोकी लगाउने राइनोभाइरस तथा पुराना प्रजातिहरुको संक्रमणका विरुद्ध खोपहरु पनि उपलब्ध छन् । अहिले चीनमा देखापरेको यो नयाँ प्रजातिको कोरोनाभाइरसका विरुद्ध चाहिँ कुनै खोप उपलब्ध छैन । तर अमेरिकाको नेशनल इन्स्टिच्यूट अफ हेल्थका अनुसन्धानकर्ताहरुले यसका विरुद्ध खोप तयारीमा जुटेको र प्रारम्भिक सफलता हासिल गरेको जनाएको छ ।  एनबीसी न्यूजका अनुसार रेजेनेरोन नामक औषधी कम्पनीले पनि यस भाइरसको विरुद्धमा उपचारको खोजीमा जुटिसकेको छ ।

जोगिने कसरी ?

सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (CDC) ले चीनमा देखापरेको नयाँ कोरोनाभाइरसको संक्रमण परिवारजन तथा समाजमा नफैलियोस् भन्नाका लागि एउटा आन्तरिक गाइडलाइन जारी गरेको छ ।  सो गाइडलाइनले यो भाइरसको संक्रमणबाट बच्नका लागि विभिन्न उपायहरु सिफारिश गरेको छ ।

सामान्यतः भाइरस संक्रमण व्यक्तिव्यक्तिबीचको प्रत्यक्ष सम्पर्कबाटै बढी मात्रामा सर्ने गर्छ । चीनको नयाँ कोरोनाभाइरसको हकमा पनि यो कुरा सत्य हो । त्यसैले यो भाइरसबाट जोगिने सबैभन्दा प्रमुख उपाय भनेकै संक्रमित क्षेत्रमा नजाने, संक्रमणबाट जोगिने उपायहरुको पालना गर्ने तथा संक्रमित क्षेत्र तथा त्यस वरपरका मानिसहरुले पनि अन्यत्र जाने कार्यमा रोक लगाउनुपर्छ । यसो गरेमा संक्रमण फैलिने सम्भावना कम हुन्छ । त्यसैगरी, संक्रमण देखापरेको वा संक्रमण हुने सम्भावना रहेको क्षेत्रका मानिसहरुले पनि सकेसम्म पशुपंक्षीहरुको सम्पर्कबाट टाढा रहनुपर्छ र सम्पर्कमा जानै परे पनि मास्क पञ्जा लगाउने गर्नुपर्छ । सकेसम्म संक्रमित क्षेत्रमा माछामासुजन्य पदार्थ नखाने र खानेपरेमा पनि राम्ररी पकाएर मात्रै खानुपर्छ ।


सामान्यतः भाइरस संक्रमण व्यक्तिव्यक्तिबीचको प्रत्यक्ष सम्पर्कबाटै बढी मात्रामा सर्ने गर्छ । चीनको नयाँ कोरोनाभाइरसको हकमा पनि यो कुरा सत्य हो । त्यसैले यो भाइरसबाट जोगिने सबैभन्दा प्रमुख उपाय भनेकै संक्रमित क्षेत्रमा नजाने, संक्रमणबाट जोगिने उपायहरुको पालना गर्ने तथा संक्रमित क्षेत्र तथा त्यस वरपरका मानिसहरुले पनि अन्यत्र जाने कार्यमा रोक लगाउनुपर्छ । यसो गरेमा संक्रमण फैलिने सम्भावना कम हुन्छ ।


संक्रमण छोइछिटोबाट पनि सर्ने भएकोले कुनै पनि वस्तुहरु छोइसकेपछि अनिवार्य रुपमा कम्तिमा २० सेकेन्डसम्म साबुनपानीले हात धुने गर्नुपर्छ ।

भाइरसको संक्रमण मूलतः हावाबाट तथा छोइछिटोबाट सर्ने भएकोले संक्रमण भएका वा संक्रमण हुने सम्भावना रहेका ठाउँको भीडभाडयुक्त ठाउँ वा सार्वजनिक स्थानहरुमा यथासक्य जानै हुँदैन र जानै परेमा पनि मास्क पञ्जा लगाउने गर्नुपर्छ ।

कदाचित आफूलाई संक्रमण भइहाल्यो भने पनि आफूबाट अरुलाई संक्रमण नसरोस् भन्नाका खातिर विशेष सावधानी अपनाउनुपर्छ । संक्रमित व्यक्तिसँग लसपस नगर्ने, उनको नजिक नपर्ने, जानुपर्दा मास्क पञ्जा लगाउने, निजको नजिक जाँदा वा निजले प्रयोग गरेका चिजबस्तुहरु छुँदा पटकै पिच्छे साबुनपानीले हात धुने गर्दा पनि संक्रमण सर्ने सम्भावना न्यून हुन्छ । संक्रमित वा स्वस्थ मानिसले पनि खोक्दा, हाँच्छिउ गर्दा नाकमुख छोप्ने तथा साबुनपानीले हात धुने गर्नुपर्छ । संक्रमणका लक्षण देखापर्नासाथ संक्रमणको किसिमलाई यकिन गर्नको लागि रक्त परीक्षण गराइहाल्ने र चिकित्सकको सहायता लिइहाल्नुपर्छ । यसो गरेमा आफ्नो ज्यानको सुरक्षा त हुन्छ नै, त्यो संक्रमण फैलिने सम्भावना पनि रहँदैन ।

त्यसैगरी, संक्रमणको उत्पत्ति थलो चीनको वुहान क्षेत्रमा यात्रा गरेर फर्केकाहरुमा दुईहप्ताभित्र ज्वरो, खोकी र सास फेर्ने समस्या देखापरेमा त्यो नयाँ कोरोनाभाइरसको संक्रमणको लक्षण हुन सक्छ । त्यस्तो अवस्थामा तुरुन्तै चिकित्सकको सहायता लिनुपर्छ र आफ्नो पछिल्लो यात्राका बारेमा सत्यतथ्य जानकारी दिनुपर्छ ।

Title Photo: https://www.sciencealert.com

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप