केन्द्रीय संस्करण

करियर नै बर्बाद बनाएको त्यो ‘एमएमएस’ भिडियो

person explore access_timeमाघ ११, २०७६ chat_bubble_outline0

हिन्दी फिल्मदेखि बंगाली, मराठी र तेलगू फिल्ममा धमाल मच्चाएकी अभिनेत्री रिया सेनले आज ३९ औं जन्मदिन मनाइरहेकी छिन् ।

उनी आफ्नो फिल्मी जीवनमा बोल्ड लुक्सका कारण सधैँ चर्चामा रहिन् । पछिल्लो समय सामाजिक सञ्जालमा सक्रिय रहेकी सेन हट लुक्सका तस्बिरहरु सामाजिक सञ्जालमा पोस्ट् गर्दै आएकी छिन् ।

उनी जीवनभरी नै चर्चित रहिन् । उनी व्यक्तिगत जीवनलाई लिएर पनि निकै चर्चित थिइन् । कोलकातामा जन्मिएकी रिया सेन अभिनेत्री मुन मुन सेनकी छोरी हुन् । उनले हिन्दीबाहेक बंगाली, तमिल, तेलुगू, मलयालम, मराठी र कन्नड जस्ता फिल्ममा काम गरिसकेकी छिन् । उनले २००१ मा हिन्दी फिल्म ‘स्टाइल’ बाट बलिउडमा डेब्यू गरेकी थिइन् ।

१६ वर्षको उमेरमै गायिका फाल्गुनी पाठकको गीतमा ‘याद पिया की’ मा अभिनय गरेकी उनको सुन्दरता र नृत्यको निकै प्रशंसा भएको थियो ।

यसैबीच उनको एउटा एमएमएस लीक भयो । उनको २००५ मा अश्मित पटेलसँग सम्बन्धमा रहँदाको एमएमएस भाइरल भएको थियो । जसको कारण ती अभिनेत्रीको करियरमै ब्रेक लाग्यो ।

एमएमएसमा रियाल फिल्मको सेटमा आफ्नो को स्टारको कपडा उतारेर दुवैले एक अर्कालाई किस गरिरहेको भिडियो भाइरल भएको थियो । तर अश्मित र रियाले उक्त भिडियोलाई झुटो साबित गरिदिएका थिए ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...