बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अमेरिकी सेनालाई फिर्ता गर्न माग गर्दै इराकमा विशाल प्रदर्शन

शुक्रबार, १० माघ २०७६, २२ : २७
शुक्रबार, १० माघ २०७६

एजेन्सी । अमेरिकी सैनिकहरूलाई स्वदेश फिर्ता पठाउनुपर्ने माग गर्दै इराकमा शुक्रबार हजारौंले प्रदर्शन गरेका छन् ।  सरकारका विरुद्धमा लामो समयदेखि आन्दोलन र प्रदर्शन भइरहेको बेला राजधानी बग्दादमा शुक्रबार नयाँ विषयमा प्रदर्शन भएको हो ।

बग्दादमा गत अक्टोबरदेखि सरकार परिवर्तन, अग्रीम निर्वाचन र भ्रष्टाचार न्युनिकरणलगायतका माग राख्दै आन्दोलन भइरहेको थियो । बग्दादको जाडिरियाह जिल्लामा शुक्रबार बिहानै सुरु भएको प्रदर्शनमा हजारौँको सङ्ख्यामा पुरुष, महिला र बालबालिकाहरू सहभागी भएका थिए ।

‘अमेरिकी सेना फिर्ता जाऊ’ भन्दै प्रदर्शनकारीहरूले प्रदर्शनमा चर्का नारा लगाएका थिए । प्रदर्शनमा लोकप्रियतावादी राजनीति गरिरहेकाहरू सहभागी भएको जनाइएको छ । उनीहरूले इराकमा रहेको सबै विदेशी सुरक्षा निकायहरूलाई निकाल्न माग गरेका थिए । इराकमा अमेरिकाका पाँच हजार सैनिक रहेको अधिकारीहरूले बताउने गरेका छन् ।  

इराकमा जनवरी ३ मा अमेरिकी ड्रोन हमलाले इरानी वरिष्ठ कमाण्डर कासिम सुलेमानी, सिया समुदायको समर्थन रहेका इराकी एक समूहका नेतासहितको हत्या भएपनि इराकीहरू विदेशी सुरक्षाकर्मीप्रति आन्दोलित भएका हुन् । 

इराकको पश्चिमी प्रान्त अन्बर र इर्बिल अर्ध स्वायत्त क्षेत्रको कुर्दिस्तानका क्षेप्यास्त्र आमक्रण गरेर उहाँको हत्या भएको थियो । अमेरिकी रक्षा मन्त्रालयले इराकमा रहेको आफ्नो सैन्य आधार शिविर तथा गठबन्धन सुरक्षा फौजमाथि यही जनवरी ८ मा इरानी पक्षले एक दर्जनभन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा बग्दादमा भएको इरानी सैन्य कमाण्डर सुलेमानीको हत्याको बदला लिन ती क्षेप्यास्त्रहरू प्रहार गरिएको इरानी पक्षले दावी गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप