एमसिसीमा भएका प्रावधान संशोधन हुनुपर्छ, नत्र मान्य हुँदैनः गृहमन्त्री बादल
गृहमन्त्री रामबहादुर थापा बादलले एमसिसीमा भएका प्रावधानहरु संशोधन हुनुपर्नेमा बताएका छन् ।
नेपाल सरकार गृह मन्त्रालय र कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयुक्त आयोजनामा सञ्चालित दुईदिने सुरक्षा गोष्ठीमा सहभागी हुन आज सुर्खेत पुगेका गृहमन्त्री थापाले पार्टी नेता तथा कार्यकर्तासँगको भेटघाटमा नेपालको सार्वभौमिकता र स्वतन्त्रतालाई कुण्ठित पार्ने देखिए एमसिसी मान्य नहुने बताए ।
“एमसिसी परियोजनाअन्तर्गत अमेरिकाबाट नेपालमा लगानी हुने रु ५५ अर्ब बजेटमा नेपालको पनि रु १३ अर्ब लगानी हुन्छ”, उनले भने “तर पनि कर्मचारी राख्नेदेखि लेखापरीक्षणलगायत विभिन्न प्रावधानहरुमा अमेरिकाको निर्णय मान्नुपर्ने बाध्यता जस्ता कुराहरु संशोधन हुनुपर्छ ।” अमेरिकी राजदूतावासले एमसिसीमा हिन्द प्रशान्त रणनीति नरहेको विज्ञप्तिमार्फत जानकारी गराइसकेको उनले बताए ।
गृहमन्त्री थापाले एमसिसीबारे नेकपाको स्थायी समितिमा छलफल भएर हिन्द प्रशान्त रणनीति एमसिसीमा समेटिए सो सम्झौतामा सहभागी नहुने र त्यसको कार्यान्वयन नगर्ने भन्ने भएको जानकारी दिए ।
गृहमन्त्री थापाले चीनले पनि नेपालको पूर्वाधार, जलविद्युत्, राजमार्ग, सञ्चारलगायत क्षेत्रमा लगानी गर्न बिआरआईमार्फत रु ६० अर्ब बजेट लगानी गर्ने भएको उल्लेख गर्दै लिम्पियाधुराको समस्या समाधान गर्नका लागि सरकारको भारतसँग कूटनीतिक प्रयास भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहलगाममा आतंकवादी हमला : राष्ट्रपति पौडेलद्वारा गहिरो दुःख व्यक्त
-
पहलगाममा आतंकवादी आक्रमण : साउदीको भ्रमण छोट्याएर भारत फर्किए मोदी
-
भारत प्रस्थान गर्नुअघि धवलले भने–मनपरितन्त्रको विरुद्धमा हुने आन्दोलन कुनै हालतमा रोकिँदैन
-
सामुदायिक स्कुलका विद्यार्थी घरमै छन्, निजीका पढ्न जान थाले
-
केयूमा पहिलोपटक खेलकुद महोत्सव, देशैभरका क्याम्पसबाट पाँच हजार विद्यार्थी सहभागी
-
पूर्वप्रहरी महानिरीक्षक थापाको निधन