माघ १५ र १६ गते नेपकम्स अन्तरकलेज फुटसल प्रतियोगिता, ३२ टिम सहभागी हुने

काठमाडौं । आगामी बुधबार र बिहीबार नेपकम्स अन्तर कलेज फुटसल प्रतियोगिता हुने भएको छ । बालुवाटारस्थित ढुकु फुटसल हबमा प्लान अन परफेक्सनले आयोजना गर्ने प्रतियोगितामा देशभरका ३२ वटा कलेजले सहभागिता जनाउने बताइएको छ ।
मुख्य प्रायोजक नेपकम्स सर्भिसेज रहेको प्रतियोगितामा टेन प्लस टु र ब्याचलर लेभलका विद्यार्थीले सहभागिता जनाउनेछन् । सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिनेछ, जसअनुसार प्रतियोगिताका समूह चरणका खेल राउन्ड रोविनको आधारमा र त्यसपछिका खेल नकआउट हुने आयोजकले जानकारी दिएको छ ।
आयोजकका अनुसार हरेक खेल २० मिनेटको हुनेछ र हरेक टिमले समूह चरणमा कम्तिमा ३ खेल खेल्नेछन् ।
दुईदिने यो प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँसहित ट्रफि, मेडल र सर्टिफिकेट, दोस्रो हुनेले नगद २० हजार रुपैयाँसहित ट्रफि, मेडल र सर्टिफिकेट र तेस्रो हुनेले नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यसका साथै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने एक खेलाडी, उच्च गोलकर्ता तथा उत्कृष्ट गोलकिपरले पनि आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म