नोबेलले ओपन हार्ट सर्जरी थालेपछि पूर्वी नेपालका बिरामीलाई सहज
![नोबेलले ओपन हार्ट सर्जरी थालेपछि पूर्वी नेपालका बिरामीलाई सहज](https://rpcdn.ratopati.com/media/albums/Openheart-Surgery-Photo3_fPvD5rwPhh.jpg)
बिराटनगर । नोबेल शिक्षण अस्पतालले छाति चिरेर गरिने मुटुको शल्यक्रिया (ओपन हार्ट सर्जरी) सेवा सुरु गरेपछि पूर्वी नेपालका बिरामीहरुलाई सहज भएको छ । अत्याधुनिक उपकरण र दक्ष चिकित्सकको व्यवस्था मिलाएर मुटुको अप्रेशन थालिएपछि बिरामीहरुलाई सहज भएको हो ।
पूर्वी नेपालका बिभिन्न जिल्लासहित भारतका बिरामीहरुले पनि नोबेलमा आएर ओपन हार्ट सर्जरी गराएका छन् । आफ्नै क्षेत्रमा स्तरीय सेवा पाउँदा धेरै सहज भएको भन्दै बिरामीहरुले खुशी व्यक्त गरेका छन् । नोबेलमा ओपन हार्ट सर्जरी गराएका मोरङको पथरीशनिश्चरेका सूर्यबहादुर राईले आफ्नै जिल्लामा मुटुको जटिल शल्यक्रिया गराउँन पाउँदा धेरै सजिलो भएको प्रतिक्रिया दिए । ‘अन्त जानु परेको भए गाह्रो हुने थियो, चिनेजानेकै आफ्नै ठाउँमा भएकाले धेरै सजिलो भयो ।’ उनले भने ।
अन्यत्र टाढा जाँदा धेरै झन्झट व्यहोर्नुपर्ने भएपनि आफ्नै ठाउँमा सहज रुपमा स्तरीय सेवा पाउँदा धेरै राहत महसुस भएको भन्दै झापाको भद्रपुरकी भीमादेवी खनाल र बिर्तामोडकी दिलमायाँ प्रसाईले खुशी व्यक्त गरे । नोबेलमा राम्रो उपचार हुँने सुनेर भारतको अररियाबाट आएर ओपन हार्ट सर्जरी गराएका सुरेश प्रसाद सिंहले सोचेको भन्दा राम्रो उपचार पाएको बताए ।
नोबेलले सेवा सुरु गरेपछि स्तरीय ओपन हार्ट सर्जरीका लागि काठमाण्डौं धाउनुपर्ने बाध्यताको अन्त्य भएको नोबेल शिक्षण अस्पतालका निर्देशक एवं मुटु बिभाग प्रमुख डा.राजेश नेपाल बताउँछन् । गत असार महिनाबाट नोबेलले ओपन हार्ट सर्जरी सेवा सुरु गरेको हो । त्यसयता २० जना बिरामीको छाती चिरेर मुटुको सफल शल्यक्रिया गरिएको छ । नोबेलले ओपन हार्ट सर्जरी थालेपछि पूर्वी नेपालका बिरामी बढी लाभान्वित भएका छन् ।
शरीरको महत्वपूर्ण अंग भएकाले मुटुको अप्रेशनलाई जटिल मानिन्छ । मुटुमा सामान्य समस्या हुँदा अन्य बिधिबाट उपचार गरिने भएपनि गंभिर समस्या भएकाहरुलाई ओपन हार्ट सर्जरी गर्नुपर्ने चिकित्सकहरुको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादी निकट अनेरास्ववियूमा विवाद, समानान्तर कमिटी घोषणा गर्ने चेतावनी
-
मकवानपुरको भीमफेदीमा ग्यास बुलेट दुर्घटना, सडक एकतर्फी
-
माओवादी निकट थारु राष्ट्रिय मुक्ति मोर्चा सम्मेलन हुँदै
-
महालक्ष्मी विकास बैंकद्वारा ‘महालक्ष्मी कल सेन्टर’को सुरुवात
-
किन गएनन् प्रधानमन्त्री ओली अख्तियारको कार्यक्रममा ?
-
जङ्गली बँदेल बस्तीमा पसेर बालीमा क्षति