शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

हेल्प नेपाल र एपीएफ च्याम्पियन

शुक्रबार, १० माघ २०७६, २१ : १०
शुक्रबार, १० माघ २०७६

काठमाडौं । पाँचौ आरबीबी एनभीए राष्ट्रिय पुरुष तथा महिला क्लब भलिबल च्याम्पियनसिपको उपाधि हेल्प नेपाल स्पोटर््स क्लब र एपीएफ क्लबले जितेको छ । हेल्प नेपाल पुरुष र एपीएफ महिलामा च्याम्पियन बनेको हो । राखेप कभर्ड हलमा शुक्रबार भएको फाइनलमा हेल्प नेपालले एपीएफ क्लबलाई ३–० को सोझो सेटमा हरायो । हेल्प नेपालले २५–१७, २५–१४, २५–२० को जित निकालेको थियो । पुरुषतर्फ नेपाल पुलिस क्लबलाई सोझो सेटमा हराउँदै त्रिभुवन आर्मी क्लब तेस्रो भयो ।

यसैगरी महिलामा च्याम्पियन बन्ने क्रममा एपीएफले चिरपरिचित प्रतिद्वन्द्वी न्यू डायमण्ड स्पोर्ट्स क्लबलाई ३–१ को सेटमा हरायो । साविक विजेता समेत रहेको एपीएफले उपाधि रक्षा गर्न २५–२३, २५–२१, २३–२५, २५–१८ को जित निकाल्यो । महिलातर्फ पनि त्रिभुवन आर्मी क्लब तेस्रो भयो । आर्मीले तेस्रो स्थानको लागि भएको खेलमा नेपाल पुलिस क्लबलाई  सोझो सेटमा हराएको थियो । उपाधिसँगै महिला र पुरुष दुवै टोलीले दुई लाख रुपैयाँ पुरस्कार पाए । दोस्रो हुनेले एक लाख र तेस्रोले ५० हजार रुपैयाँ प्राप्त गरे ।

च्याम्पियनसिपमा महिलामा न्यु डायमन्ड स्पोर्ट्स क्लबकी प्रतिभा माली र पुरुपमा हेल्प नेपाल स्पोर्टस क्लबका अमित आरबिबी सर्वोत्कृष्ट खेलाडी घोषित भए । दुवै जनाले जनही २५ हजार रुपैयाँ पाए । महिलामा ब्यक्तिगत दोहोरो उपाधि जितेकी प्रतिभा उत्कृष्ट सर्भर पनि भइन् । एपिएफकी सरस्वती चौधरी उत्कृष्ट स्पाइकर, आर्मीकी सुनिता खड्का उत्कृष्ट ब्लकर, एपिएफकी विनिता बुढाथोकी उत्कृष्ट सेटर, न्यू डामन्डकी सलिना श्रेष्ठ उत्कृष्ट लिबेरो र एपिएफका महेश चौधरी उत्कृष्ट प्रशिक्षक चुनिए ।

पुरुषतर्फ आर्मीका राजेन्द्र विष्ट उत्कृष्ट स्पाइकर, हेल्प नेपालका याम क्षत्री उत्कृष्ट ब्लकर, सोही क्लबका विकास कुमार उत्कृष्ट सेटर, एपीएफका विनोद चन्द उत्कृष्ट लिबेरो, एपीएफका विजय थापा उत्कृष्ट सर्भर र हेल्प नेपालका स्वमभिराम बलवानसिंह उत्कृष्ट प्रशिक्षक चए । उत्कृष्ट सबैले जनही १० हजार रुपैयाँ हात पारे । नेपाल भलिबल संघले आयोजना गरेको च्याम्पियनसिपमा पुरुषतर्फ १० र महिलातर्फ सात टोलीले प्रतिस्पर्धा गरेका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप