प्रदेश पाँचको स्थायी राजधानीका लागि बुटवलको विकल्प छैन : नेता खाँण
काठमाडौं । नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रदेश ५को स्थायी राजधानीका लागि बुटवलको विकल्प नभएको बताएका छन् । भौतिक पूर्वाधार, सुरक्षा, यातायात, अन्तर्राष्ट्रिय सम्बन्ध, आर्थिक गतिविधि र भौगोलिकताको हिसाबले पनि प्रदेशको राजधानी रुपन्देहीमा नै उचित हुने उनले बताए ।
रुपन्देहीको तिलोत्तमा उद्योग वाणिज्य संघले आजदेखि सुरु भएको राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि पर्यटन महोत्सव उद्घाटन कार्यक्रममा नेता खाँणले रुपन्देहीमै स्थायी राजधानी बनाउने गरी पहल गर्न प्रदेश सरकारलाई आग्रह गरे ।
नेता खाँणले सरकारले संविधानको प्रतिकुलमा काम गरेको आरोप लगाउँदै सरकारले जनतालाई मालिक बनाउने बेला आफै मालिक बन्न खोजेको बताए । जनतालाई सुरक्षा दिने र अधिकार दिने प्रमुख दायित्व सरकारको भएको उल्लेख गर्दै आफ्नो प्रमुख दायित्वलाई सरकारले आत्मसाथ गर्न नसकेको दावी गरे ।
प्रदेश सांसद रमा अर्यालले उद्योगी व्यवसायीलाई स्वतन्त्र रुपमा उद्योग सञ्चालनका लागि सरकारले वातावरण सिर्जना गर्न नसकेको बताइन् ।
नेपाल उद्योग वाणिज्य महासंघ कार्यसमितिका सदस्य सुरेन्द्र श्रेष्ठले सरकारका नीति नियम गलत भएकाले उद्योग व्यवसाय फस्टाउन नसकेको दावी गर्दै सरुकारले गर्ने काम नीजि क्षेत्रले गरेको बताए ।
१५ करोडको आर्थिक कारोवार हुने र ३ सय बढी स्टल रहने मेलामा ५ लाख दर्शकले अवलोकन गार्ने आयोजकहरुको अपेक्षा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभामा तहगत अन्तरसम्बन्ध र समन्वय अध्ययन प्रतिवेदन पेस
-
एफटीएक्स घोटालामा बैंकम्यान–फ्राइडलाई २५ वर्षको जेल सजाय
-
उद्योगी व्यवसायीहरूले अर्थतन्त्र सकारात्मक छ भन्ने सन्देश दिन जरुरी छ : अध्यक्ष ढकाल
-
राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण
-
ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा शिक्षकको मृत्यु
-
अर्बौं रकम लगानी गरेका मेडिकल कलेज सञ्चालक यसकारण २०८५ साल पर्खिन बाध्य