शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपालमा संस्थागत भ्रष्टाचार बढ्यो, नियन्त्रणमा सरकार चुक्यो : साह

शुक्रबार, १० माघ २०७६, १७ : १८
शुक्रबार, १० माघ २०७६

बुटवल । संघीय संसद अन्तर्गतको सार्वजनिक लेखा समितिका सभापति भरतकुमार साहले नेपालमा संस्थागत भ्रष्टाचार बढ्दै गएको दावी गरेका छन् । उनले राज्य नै संस्थागत भ्रष्टाचारमा लाग्दा भयावह अबस्था आउन लागेको समेत चेतावनी दिए ।

 बुटवलमा रिपोर्टर्स क्लव प्रदेश ५ ले शुक्रबार आयोजना गरको साक्षात्कार कार्यक्रममा बोल्दै उनले सरकारले भ्रष्टाचार कम गर्ने नारा मात्रै भट्याउने तर व्यवहारमा त्यसको उल्टो भैरहेको तर्क गरे ।

 शाहले आफ्नो समितिले बेरुजु फर्स्यौटको काम गरिरहेको भन्दै नेपालमा अहिलेपनि ७ खर्ब बेरुजु रहेको बताए ।

‘हामी प्रहरी कारबाही गर्न प्रहरी होइनौँ र गर्न पनि हामीले मिल्दैन तर कहाँ अनियमितता भएको छ, खोज्छौं । यथार्थ तथ्य सहित कारबाहीका लागि सिफारिस गर्छा,’ उनले भने । अदालत, वाइडबडी, एनसेल,गोकर्ण,बालुवाटार लगायतका काण्डमा छानबिन भैरहेको र कतिपय काण्डमा आफूहरुले गरेको निष्कर्ष नै अन्तिम भएको बताए । साहले समय आएपछि सबै कुरा दुधको दुध र पानीको पानी हुने कुरामा आफू विश्वस्त रहेको बताए ।

फरक प्रसंगमा साहले संविधान अनुसार सभामुख वा उपसभामुख फरक फक दल र लिंगको हुनुपर्ने भन्दै उपसभामुख काँग्रेसले पाउनुपर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप