शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

महिलालाई जिस्क्याएको अभियोगमा दुई युवा पक्राउ

शुक्रबार, १० माघ २०७६, १७ : ०७
शुक्रबार, १० माघ २०७६

काठमाडौँ । महिलालाई पटक पटक फोन गरेर जिस्क्याएको अभियोगमा बारा प्रहरीले दुई युवालाई पक्राउ गरेको हो । 
बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १८ की ती महिलालाई फोन गरेर जिस्क्याउनुका साथै अभद्र व्यवहार गरेको भन्ने उजुरीको आधारमा प्रहरीले बारा देवताल गाउँपालिका २ बस्ने अखिलेश यादव र भारत बिहार पूर्वी चम्पारण मोतिहारी जिल्ला घोडासहन थाना बस्ने इन्दल यादवलाई पक्राउ गरेको हो । 

उनीहरुलाइ कलैयाबाट पक्राउ गरेर जिल्ला प्रशासन कार्यालय बाराबाट अभद्र व्यवहार मुद्दामा दिन ७ को म्याद अनुमति लिई थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप