बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कथा प्रतियोगिता घोषणा

शुक्रबार, १० माघ २०७६, १७ : ०६
शुक्रबार, १० माघ २०७६

काठमाडौं । बाह्रखरी बुक्सले दोश्रो बाह्खरी कथा प्रतियोगिता घोषणा गरेको छ ।  बुक्सले शुक्रबार विशेष कार्यक्रम गरी दोश्रो कथा प्रतियोगिता आव्हान गरिएको बारे जानकारी गराएको हो । प्रतियोगितामा प्रथम हुनेले १ लाख , दोश्रोले ६० हजार र तेश्रोले ४० हजार रुपैया सहित अवार्ड र प्रमाणपत्र पाउनेछन् । प्रतियोगिताका लागि प्राप्त कथा छनौट दुई चरणमा गरिने छ ।

बाह्खरीको आन्तरिक निर्णायक मण्डलले प्राप्त कथा मध्ये उत्कृष्ट ५० कथा चुनेर निर्णायक मण्डललाई उपलब्ध गराउनेछ । ती कथा मध्येबाट निर्णायक मण्डलले उत्कृष्ट कथा २०७७ पुस्तकका लागि २५ कथा छान्नेछन् । साथै तीनै २५ कथा मध्येबाट पहिलो, दोश्रो र तेश्रो छानिनेछ । कथा प्रतियोगिता घोषणा सभामा बाह्खरी बुक्सका सम्पादक राजेन्द्र पराजुलीले नेपाली आख्यान प्रतिभालाई प्रोत्साहन गर्न गरिएको कथा प्रतियोगितामा भाग लिन देशभित्र र बाहिर रहेका सबै नेपाली कथा लेखकलाई आग्रह गरे ।

 बुक्सले वरिष्ठ पत्रकार तथा साहित्यकार नारायण वाग्लेको संयोजकत्वमा उपन्यासकार अमर न्यौपाने र नवप्रतिभा बिना थिङ तामाङ सम्मिलित कथा प्रतियोगिता निर्णायक मण्डल गठन गरेको छ । सोही निर्णायक मण्डलबाट उत्कृष्ट कथा चयन हुनेछ । प्रतियोगिताका लागि १५ सय देखि बढीमा ४ हजार शब्द भित्र नेपाली भाषामा लेखिएको कथा हुनुपर्नेछ । प्रतियोगितले फागुन १० गते भित्र बाह्खरीको ईमेल ठेगानामा कथा पठाईसक्नुपर्ने छ ।

बाह्रखरीले गतबर्ष पनि उत्कृष्ट कथा प्रतियोगिता आयोजना गरेको थियो । उत्कृष्ट कथा २०७६ को हिन्दी अनुवाद पनि प्रकाशित भइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप