बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

युवाको विकास सम्बन्धी कार्यक्रमहरु लागू गर्न सम्झौता (भिडियो सहित)

शुक्रबार, १० माघ २०७६, १५ : ५४
शुक्रबार, १० माघ २०७६

काठमाडौँ । संघ तथा स्थानीय तहमा युवाको विकास सम्बन्धी कार्यक्रमहरु लागू गर्न राष्ट्रिय युवा परिषद् र नेपाल नगरपालिका संघ तथा गाउँपालिका राष्ट्रिय महासंघबीच सहकार्य गर्ने सम्झौता भएको छ । 

शुक्रबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरि युवा विकास सम्बन्धी कार्यक्रमहरु लागू गर्नका लागि राष्ट्रिय युवा परिषद् र नेपाल नगरपालिका संघ तथा गाउँपालिका राष्ट्रिय महासंघबीच समझदारीपत्रका हस्ताक्षर भएको छ । 

सहमति पत्रमा सरकारले स्वीकृत गरेका युवालक्षित कार्यक्रमहरुको स्थानीय तहमा प्रभावकारी ढंगले कार्यान्वयन गर्ने, स्थानीय सरकारले तय गरेको युवालक्षित कार्यक्रमलाई प्रभावकारी बनाउन र सम्पादन गरेका नवप्रवर्तनात्मक कार्यहरुलाई राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्दै समृद्ध नेपाल सुखी नेपाली बनाउने अभियानमा योगदान पु¥याउने उल्लेख गरिएको छ ।

 कार्यक्रममा राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले युवाको विकास तथा युवा परिचालन मार्फत समाजिक जागरण र समृद्धिका अभियानहरु सञ्चालन गर्दै युवालाई उद्यमशिलतासँग जोडेर आत्मनिर्भर तथा स्वरोजगार बनाउने अभियान अन्तर्गत स्थानीय तहसँग सहकार्य गर्न लागिएको बताए । उनले विश्वमा सबैभन्दा बढी बेरोजगार युवा रहेको देशहरुमध्ये नेपाल अग्रस्थानमा रहेकाले पनि स्थानीय तहसँगको सहकार्य महत्वपूर्ण हुने बताए । 

सम्झौताले युथ भिजन २०२५ मा उल्लेखित युवा विकासका लागि पाँच आधार स्तम्भहरुः गुणस्तरीय तथा व्यवसायिक शिक्षा, रोजगारी उद्यमशिलता सीप विकास, स्वास्थ्य र सामाजिक सुरक्षा, युवा परिचालन सहभागिता र नेतृत्व विकास, खेलकुद र मनोरन्जनको कार्यान्वयनका लागि सहयोग पु¥याउने समेत बताइएको छ । कार्यकारी उपाध्यक्ष ढुंगेलले सरकारले आर्थिक वर्ष २०७६÷०७७ लाई युवा परिचालन वर्षको रुपमा लिएकाले पनि लक्ष्य प्राप्तीका लागि समझदारी महत्वपूर्ण हुने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप