केन्द्रीय संस्करण

डेब्यु फिल्म हिट भएपनि पछि गुमनाम बनेका ७ अभिनेत्री

person explore access_timeमाघ १०, २०७६ chat_bubble_outline0

मुम्बइ । बलिउडमा निकै प्रतिभाशाली अभिनेता अभिनेत्री छन् । जसको लामो समय बक्सअफिसमा दबदबा कायम रहने गरेको छ । तर केही कलाकार यस्ता पनि छन् जसको अभिनयमा डेब्यु हिट फिल्मबाट भएको छ । तर त्यसपछि उनीहरु अगाडि बढ्न सकेका छैनन् । ती अभिनेत्रीको चर्चा आजको विषय हो ।

इशा गुप्त
इशा मोडलिङ दुनियाको परिचित नाम हो । इशाले फिल्म ‘जन्नत २’बाट बलिउड डेब्यु गरेकी हुन् । डेब्यु फिल्म हिट भएपनि उनको करियर भने अभिनयमा अगाडि बढ्न सकेन । उनी अचेल फिल्मक्षेत्र बाहिर छिन् ।

शमिता शेट्टी
शिल्पा शेट्टीको बहिनी शमिता शेट्टीले फिल्म ‘मोहब्बते’बाट अभिनयमा डेब्यु गरेकी थिइन् । फिल्म बक्सअफिसमा हिट साबित भयो । तर उनी फिल्म अभिनयमा भने अगाडि बढ्न सकिनन् ।

सोनल चौहान 
फिल्म ‘जन्नत’बाट अभिनयमा डेब्यु गरेकी सोनल चौहान मोडलिङ दुनियाकी चिरपरिचित नाम हो । पहिलो फिल्म पछि सोनलले अर्काे हिट फिल्म भने दिन सकिनन् ।

आयशा टाकिया 
वान्टेट जस्तो हिट फिल्ममा काम गरेकी आयशाले ‘टारजन द वन्जर कार’बाट अभिनयमा डेब्यु गरेकी हुन् । उनी पनि बलिउडमा खासै सफल हुन सकिनन् । पछिल्लो समय उनी पारिवारिक जीवनमा अल्झिएकी छन् । 

प्रीति झंगियानी
हिट फिल्म ‘मोहब्बते’बाट प्रीतिले अभिनय करियर सुरु गरेकी थिइन् । तर पनि उनी अभिनयमा अगाडि बढ्न सकिनन् । बिस्तारै बिस्तारै उनी फिल्मी दुनियाबाट टाढा भइन् ।  

ग्रेसी सिंह 
फिल्म ‘लगान’बाट ग्रेसीले बलिउड डेब्यु गरेकी हुन् । त्यसपछि कयौ अवसर समेत उनले प्राप्त गरेकी थिइन् । तर हिट हुन सकिनन् । अहिले उनी अध्यात्ममा लागेकी छन् ।

स्नेहा उलाल 
सलमान खानको फिल्म ‘लकी’बाट अभिनयमा डेब्यु गरेकी हुन् स्नेहा उलालले  । ऐश्वर्या रायको डुब्लिकेटको रुपमा चर्चा बटुलेकी स्नेहाले पनि अभिनयमा आफ्नो स्थान बनाउन सकिनन् । स्वास्थ्यको कारण देखाएर उनी बलिउडबाट अचेल टाढा रहदै आएकी छन् । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...