बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

घाम लागे पनि किन काठमाडौं उपत्यकामा चिसो बढ्दैछ ?

शुक्रबार, १० माघ २०७६, १३ : ४१
शुक्रबार, १० माघ २०७६

काठमाडौं । काठमाडौँ उपत्यकामा पछिल्ला केही दिनयता घाम लागे पनि बढी चिसो महसुस गरिएको छ । एक सातादेखि दिनहुँजसो घाम लागे पनि खासगरी बिहान बेलुका बढी चिसो महसुस गरिएको छ । 

अहिले किन चिसो बढेको भनी राखिएको जिज्ञासामा मौसमविद् शान्ति कँडेलले कुनै पनि किसिमको मौसमी प्रणाली विकास नभए पनि यस्तो अवस्था अझै केही दिन जारी रहने बताए ।
    
उनले चिसो बढे पनि काठमाडौँ उपत्यकाको तापक्रम शून्य डिग्रीमा नझर्ने र विस्तारै तापक्रम बढ्दै जाने बताए । राजधानीसहित देशका अन्य भेगमा पनि पछिल्ला दिनमा चिसो महसुस गरिएको छ । तराईमा हुस्सु र कुहिरोले बिहान र साँझपख बढी चिसो हुने गरेको छ ।
    
अहिले तराई क्षेत्रमा कुहिरो लागेको छ, भने देशका पूर्व र मध्यका केही स्थानमा आंशिक बदली रहेको मौसमविद् कँडेलको भनाइ छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको न्यूनतम तापक्रम दुई दशमलव आठ र अधिकतम तापक्रम १८ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । 
    
महाशाखाले तराईको हुस्सु÷शीतलहरसम्बन्धी आज बुलेटिन निकालेर सुदूरपश्चिम प्रदेशको तराई भूभागबाहेक बाँकी तराईका भूभागमा हुस्सु र कुहिरो लागेको जनाएको छ । अपराह्नपछि विस्तारै कुहिरो हटेर जानेछ । अबको केही दिन सामान्यतया मौसम सफा रहने जनाइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप