मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

‘लेट्स डान्स’को विजेता बनिन् दीपिका

शुक्रबार, १० माघ २०७६, १२ : ४७
शुक्रबार, १० माघ २०७६

काठमाडौं । अमरकला केन्द्रद्वारा आयोजित उपत्यकाव्यापी ‘लेट्स डान्स’को चौथो संस्करणको विजेता काठमाडौंकी दीपिका मगर भएकी छिन् । 

काठमाडौको राष्ट्रिय नाचघरमा ४ सय जना सहभागी प्रतिस्पर्धी रहेको कार्यक्रममा उनले उपाधि हासिल गर्न सफल भएकी हुन् । मगरले उपाधिका साथमा पचास हजार नगद, ट्रफि, सिल्डमेडल र प्रमाणपत्र हात पारेकी छिन् । 

प्रतिनिधि सभाका संसद रामकुमारी झाँक्रिको प्रमुख आतिथि र महेश गोदार र प्रशान्त तामाङ्ग निर्णायक रहेको प्रतियोगितामा फस्ट रनरअप सगुन श्रेष्ठ, सेकेन्ड रनर अप सन्जु तामाङ्ग, थर्ड रनरअप प्रसन्ना पराजुली, फोर्थ रनरअप रश्मी विष्ट भए । यी सबै विजेताले क्रमस पच्चिस हजार, पन्ध्र हजार र पाँच पाँच हजार नगद सहित प्रमाण पत्र प्राप्त गरे ।

बालबालिकाहरुको यो प्रतिभालाई अगाडि ल्याउने मन्चको रुपमा ‘लेट्स डान्स’को सुरुवात भएको कार्यक्रम निर्देशक राज श्रेष्ठले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप