शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फ्राइडे रिलिज : एक्लै आयो ‘कमाण्डर’

शुक्रबार, १० माघ २०७६, १२ : ४४
शुक्रबार, १० माघ २०७६

काठमाडौँ । फ्राइडे रिलिजअन्तर्गत आज शुक्रबारबाट देशभर फिल्म ‘कमाण्डर’ प्रदर्शनमा आएको छ । समसामयिक राजनीति, भ्रष्टाचार, तस्करीलगायतका विकृतिविरुद्धको विषयमा निर्माण भएको यो ‘कमाण्डर’सँग अन्य फिल्म भिड्न नआएका कारणले यसले एकल प्रदर्शनको अवसर पाएको हो  ।

एलआर विवेक सापकोटाको निर्देशन रहेको फिल्ममा अनुपविक्रम शाही, रविन तामाङ, ध्रुव कोइराला, श्रीराम पुडासैनी, प्रेम शर्मा, दिनेश केसी, कालु राना, तेजा ऐरका साथमा नवनायिकाद्वय साधना सिलवाल र सगुन थापा मुख्य भूमिका रहेको छ । 

इमानदार प्रहरी अधिकृतले समाजमा व्याप्त भ्रष्टाचार, तस्करी, कालोबजारी नियन्त्रण तथा निर्मूलका लागि केकस्तो परिस्थितिसँग जुध्ने गर्दछ भन्ने विषयमा निर्माण गरिएको फिल्मले भरपुर मनोरञ्जनका साथै सामाजिक सन्देशसमेत प्रवाह गर्ने निर्देशक सापकोटा बताउँछन् ।

सुपेरियर फिल्मस्को ब्यानरमा निर्मीत फिल्म दिव्य सुवेदीले खिचेका हुन् । फिल्ममा श्री श्रेष्ठको द्वन्द्व निर्देशन, पवित्रा आचार्यले कोरियोग्राफी तथा मनोज चौलागाईंको शब्द र सङ्गीत छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप