माधवनारायण स्वस्थानीका ब्रतालुद्वारा पशुपतिमा स्नान (फोटोफिचर)

माधवनारायण स्वस्थानीका ब्रतालुहरुले शुक्रबार बिहानै पशुपतिस्थित बागमती नदीमा स्नान गरेका छन् ।
माधव नारायण मेल भर्नका लागि ब्रतालुहरु बिहिबार साँझ पशुपतिनाथ आएका हुन् । स्वस्थानीका ब्रतालुले उपत्यकाका अन्य नदी तलाउमा पनि यसैगरी पूजापाठ र स्नान गर्ने गर्छन् ।
यो ब्रत पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म बस्ने परम्परा रहेको छ ।
माधवनारायणको ब्रत बस्ने ब्रतालुहरुले ब्रत सुरु हुन अघिल्लो दिनदेखि निराहार बस्नुपर्ने, बिहानै त्रिवेणीमा स्नान गरी चोखो जल तथा पूजा सामग्रीले पूजा गर्नुपर्ने, शङ्खजल ग्रहण गरी मन्त्रोच्चारण गर्नुपर्ने, शंखजल ग्रहण गरेपछि कसैलाई पनि छुन नहुने र जुत्ता लगाउन नहुने परम्परा रहेको छ ।
यसैगरी पुरुष ब्रतालुहरु शरीरमा एकसरो सेतो कपडा लगाएर खोलामा टाउको देखिने गरी विन्ती गरी स्नान गरिसकेपछि जमिनमा घस्रँदै विभिन्न मन्दिरमा दर्शनका लागि जाने परम्परा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बंगलादेश र श्रीलंका बनाउने सिंहको चेतावनी
-
त्रिविका रेक्टर र रजिस्ट्रारलाई समेत राजीनामा दिन दबाब
-
चोरी भएका २० ओटा दुई पाङ्ग्रे सवारी धनीलाई हस्तान्तरण
-
‘वैशाख ७ गतेदेखि सडकमै खान्छौँ, सडकमै सुत्छौँ’
-
तीनकुने घटनाको असर : बल्खु क्षेत्रमा व्यापारीले लगाए सटर
-
जय राष्ट्रवादको नारा लगाएर बल्खुमा सुरु भयो राप्रपाको खबरदारी सभा