स्तन क्यान्सरसम्बन्धी १० मिथ्या, दिमागमा भ्रम नपाल्नुहोस्
![स्तन क्यान्सरसम्बन्धी १० मिथ्या, दिमागमा भ्रम नपाल्नुहोस्](https://rpcdn.ratopati.com/media/albums/breast-cancer-1052975910_frv2uIQhBK.jpg)
स्तन क्यान्सर महिलामा हुने डरलाग्दो रोग हो। नेपालमा यस रोगबाट वर्षेनि थुप्रै महिलाको मृत्यु हुने गरेको छ।
स्तनका कोषहरू असामान्य रूपमा वृद्धि हुन थालेपछि स्तन क्यान्सरको सम्भावना हुन्छ । साधारणतया कोषहरूको वृद्धि र विभाजन शरीरको आवश्यकता अनुसार हुन्छ । तर, जब तीव्र रूपमा र धेरै मात्रामा कोषहरू वृद्धि र विभाजन हुन्छन्, पुराना कोषहरू टाँसिएर रहन्छन् तब गिर्खा वा ट्युमर बन्ने प्रक्रिया सुरु हुन्छ।
स्तनमा भएका कोष–कोषिकामा असामान्य परिवर्तन आई तिनीहरूको अनियन्त्रित तथा अनावश्यक वृद्धिबाट बन्ने गिर्खा, गाँठागुँठी र निको नहुने घाउलाई स्तन क्यान्सर भनिन्छ ।
तर, आम जनमासमा केही मिथ्हरु छन् जुन दिमागमा यसरी गढेको छ कि उनीहरु सामान्य रुपमा आउने गिर्खा, ठूलो स्तन, ब्राको प्रयोग जस्ता थुप्रै कुराले स्तन क्यान्सर हुने भ्रम छरिएको छ ।
यस्ता थुप्रै मिथ्हरु छन् जसले मानिसको दिमागमा भ्रम फैलाइरहेको पाइन्छ :
स्तनमा आउने गाँठागुठी र गिर्खा
यदि स्तनमा सामान्यतयाः गाँठागुठी र गिर्खा आउँदैमा त्यो स्तन क्यान्सरको लक्षण नहुन सक्छ । त्यस्ता लक्षण भेटिएमा अस्पतालमा गएर स्वास्थ्य जाँच गराउनुपर्छ । धेरैजसो महिलाहरुमा यस्तो समस्या फ्याट र सिस्टबाट पनि हुने र १० प्रतिशत महिलाहरुमा भने स्तन क्यान्सरको लक्षण हुने डाक्टरहरु बताउँछन् । त्यसैले क्यान्सरको लक्षण हो वा फ्याट हो समयमै जान्न जरुरी छ ।
‘अन्डरओयर र ब्रा’ को प्रयोग
महिलाहरु आफूले प्रयोग गर्ने ‘अन्डरओयर र ब्रा’ले पनि स्तन र पाठेघरको क्यान्सर गराउँछ भन्ने भ्रममा रहेका छन् । तर यो मिथ् मात्रै भएको विशेषज्ञहरु बताउँछन् ।
पर्फ्युम
अध्ययनका अनुसार पर्फ्युम र स्तन क्यान्सरबीच कुनै पनि सम्बन्ध छैन । जो महिला यसको प्रयोग गर्छन् तिनीहरुलाई स्तन क्यान्सर हुन्छ भन्ने कुरा भ्रम मात्रै भएको विशेषज्ञहरु बताउँछन् ।
ठूला स्तन
ठूला स्तन हुने महिलामा स्तन क्यान्सर हुन्छ भन्ने भ्रम फैलिएको पाइन्छ । तर यो विलकुलै गलत भएको डाक्टरहरुको भनाई छ । स्तन क्यान्सर र स्तनको आकारको कुनै पनि सम्बन्ध छैन ।
परिवारमा स्तन क्यान्सर नहुनु
८० प्रतिशत स्तन क्यान्सर बंशानुगत कारणले हुने गर्छ । तर परिवारमा कसैलाई स्तन क्यान्सर नभए पनि अन्य सदस्यहरुलाई क्यान्सर हुने सम्भावना हुन्छ । त्यसैले परिवारमा कसैलाई स्तन क्यान्सर भएको छैन र अन्य सदस्यलाई पनि हुँदैन भन्ने भ्रममा पर्नुहुँदैन ।
स्तन क्यान्सरको उपचार
स्तन क्यान्सरको उपचार सम्भव छ । पहिलो स्टेजमा नै पत्ता लगाउन सकेमा स्तन क्यान्सर निको हुन्छ तर दोस्रो वा तेस्रो स्टेजमा पुगेपछि यसको उपचार गर्न निकै मुश्किल पर्छ ।
स्तन क्याक्सर सर्छ ?
महिलाहरु स्तन क्यान्सर एकबाट अर्कोमा सर्छ भन्ने भ्रममा छन् । तर यो विलकुलै गलत हो । स्तनमा क्यान्सरका कोशिकाहरुको अनियमित वृद्धिले क्यान्सर हुने गर्छ । क्यान्सर भएको महिलाको नजिक जाँदैमा स्तन क्यान्सर सर्दैन ।
पुरुषमा स्तन क्यान्सर
स्तन क्यान्सरको समस्या महिलामा मात्रै होइन पुरुषहरुमा पनि हुने गर्छ । पछिल्लो समय पुरुषहरुमा पनि स्तन क्यान्सर भएको पत्ता लागेको छ ।
मेनोपोजपछि
महिनावारी बन्द भएपछि महिलामा स्तन क्यान्सर हुँदैन भन्ने भ्रम मात्रै हो । महिनावारी बन्द भएपछि शरीरमा फ्याटको मात्रा बढ्छ र क्यान्सर लाग्नसक्छ ।
स्तन निकाल्दैमा
ब्रेस्ट कन्जर्वेशन सर्जरी (लम्पेक्टोमी) द्वारा क्यान्सर प्रभावित अंग हटाउँदा पनि क्यान्सरको उपचार हुन्छ । तर स्तनमा गिर्खा र गाँठागुठी धेरै छन् भने स्तन नै फाल्न जरुरी हुन्छ ।
स्तन ट्रान्सप्लान्ट
स्तन ट्रान्सप्लान्टबाट क्यान्सर हुने कुरा शतप्रतिशत सत्य होइन । यसले क्यान्सर गराउँदैन । तर ट्रान्सप्लान्टपछि महिलाहरुले दोस्रोपटक मेमोग्राफी वा फलोअप गर्ने गर्नुपर्छ ।
https://nari.punjabkesari.in/nari/news/these-10-things-related-to-breast-cancer-are-false-1115307
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा एप्पल र गुगलको एपमा फर्कियो टिकटक
-
माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाबाट रसुवावासी लाभान्वित
-
सुनको मूल्य तोलामा १ लाख ७० हजार २०० रुपैयाँ पुग्यो
-
शिखर धवनसँगै सरफराज अहमद, शेन वाट्सन र टिम साउथी सद्भावनादूत नियुक्त
-
कांग्रेस महामन्त्री विश्वप्रकाशले भ्यालेन्टाइन्स डेको अवसरमा ल्याए नयाँ गीत ‘मन त्यतै कतै’
-
फाखेल–हुमाने सडक बन्द