नेपाली क्रिकेट टोलीको घोषणा, सोमपाल र बसन्तलाई आराम
काठमाडौं । यही माघ २२ देखि २९ गतेसम्म टियु मैदान कीर्तिपुरमा आयोजना हुने आइसीसी विश्वकप क्रिकेट लिग २ का लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार मुख्य प्रशिक्षक उमेश पटवाल र प्रशिक्षक जगत टमाटाको सल्लाहमा १४ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको हो । टोलीमा कुशल मल्ल र कमलसिंह ऐरीले पहिलो पटक स्थान बनाएका छन् । अनुभवी खेलाडी सोमपाल कामी र बसन्त रेग्मीलाई यसपटक आराम दिइएको छ । सोमपाल स्वास्थ्यका कारण र बसन्त पारिवारीक कारणले प्रशिक्षण क्याम्पमा समेत सहभागि थिएनन् ।
ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको नेपाली टोलीमा दिपेन्द्र सिंह ऐरी (उपकप्तान), पारस खड्का, सन्दीप लामिछाने, करण केसी, आरिफ शेख, विनोद भण्डारी, अविनाश बोहोरा, कुशल मल्ल, कमलसिंह ऐरी, सुसान भारी, रोहित पोडैल, शरद भेषवाकर र ललितनारायण राजवंशी रहेका छन् । तीन देश सम्मिलित आइसीसी विश्वकप क्रिकेट लिग २ नेपाल, ओमन र अमेरिकाले प्रतिस्पर्धा गर्दैछन् ।
खेल तालिका
माघ २२ – नेपालविरुद्ध ओमान
माघ २३ – ओमानविरुद्ध अमेरिका
माघ २५ – नेपालविरुद्ध अमेरिका
माघ २६ – नेपालविरुद्ध ओमान
माघ २८ – अमेरिकाविरुद्ध ओमान
माघ २९ – नेपालविरुद्ध अमेरिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाम–२ उपनिर्वाचनको लागि मतदान सुरु
-
सबैभन्दा प्रदूषित सहरमा काठमाडौँ यथावत्
-
४२ छक्का, ५२३ रन : कोलकाता भर्सेस पञ्जाबमा कस्ता–कस्ता कीर्तिमान बने ?
-
अर्जुनराज खनिया एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा
-
इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट निकालिएकी बालिकाको पनि मृत्यु
-
कहिले सकिएला बुटवल–नारायणगढ सडकको काम ? (तस्बिरहरू)