शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

साउथ सुपरस्टार अल्लु अर्जुनको फिल्मले कमायो १० दिनमा २२० करोड

शुक्रबार, १० माघ २०७६, ०९ : ४२
शुक्रबार, १० माघ २०७६

साउथ फिल्मका सुपरस्टार अल्लु अर्जुनको फिल्म ‘अला वैकुंठापुरमलो’ ले १० दिनमा २२० करोड कलेक्शन गरेको छ । गत जनवरी १२ मा रिलीज भएको फिल्मले सुरुको दिनदेखिनै एकदमै राम्रो कमाई गरेको थियो ।

पहिलो दिनदेखि दशौं दिनसम्ममा फिल्मले बक्स अफिसमा शानदार कमाई गर्न सफल भएको छ । फिल्मले पहिलो दिन ११९ करोड कमाई गरेको थियो । यो कुल कमाई विश्वभरीको कलेक्शन हो ।

पहिलो दिन महेश बाबुको फिल्म ‘सरिलेरु निक्केवारु’ रिलीज भएको थियो जसले बक्सअफिसमा १० दिनमा २०० करोड कमाई गरेको छ ।

 

फिल्मको सफलतापछि अल्लुले आफ्ना दर्शकहरुलाई धन्यवाद दिँदै ट्विटर गरेका छन् । उनले एउटा तस्बिर सेयर गर्दै लेखेका छन्, ‘यो अनुहारमा आएको खुशी निकै सुन्दर छ । यो खुशी मनैभित्रबाट महसुस गरिरहेको छु । हामीलाई खुशी त्यतिबेला मिल्छ जतिबेला दिलभित्रबाट माया पाउँछौँ । तपाईंको माया र आशिर्वादको लागि धन्यवाद ।

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप