तेस्रो डिभिजन टोलीसँग एथ्लेटिको स्तब्ध
स्पेनिस ला लिगाको उपाधि दाबेदार एथ्लेटिको म्याड्रिड कोपा डेल रेमा तेस्रो डिभिजन टोली कल्चरल लियोनेसासँग स्तब्ध बनेको छ ।
बिहीबार राति भएको खेलमा अतिरिक्त समयमा सम्हालिन नसक्दा एथ्लेटिको २–१ ले पराजित हुन पुग्यो । खेलको १ सय ८ औँ मिनेटमा सर्जियो बेनिटोले गोल गर्दै लियोनेसालाई ऐतिहासिक जित दिलाए ।
यसअघि, पहिलो हाफ बराबरीमा सकिएपछि खेलको दोस्रो हाफमा एथ्लेटिकोका स्ट्राइकल एन्जल कोरेयाले ६२ औँ मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए । तर, ८३ औँ मिनेटमा जुलेन कास्टानेडाले खेल बराबरी गरेका थिए ।
प्रतियोगितामा तल्लो डिभिजनको टोलीसँग एथ्लेटिको पराजित भएको सन् २०११ पछि पहिलो पटक हो । एथ्लेटिकोको बी टीम अहिले कल्चरल लियोनेसासँगै तेस्रो डिभिजनमा खेल्छ ।
हाल लिगको तेस्रो स्थानमा रहेको एथ्लेटिकोको यो लगातार तेस्रो हार हो । यसअघि, स्पेनिस सुपरकपको फाइनलमा रियल म्याड्रिडसँग पराजित भएको एथ्लेटिको शनिबार लिगमा इबारसँग हार्न पुगेको थियो ।
हारसँगै एथ्लेटिको प्रतियोगिताबाट बाहिरएको छ भने लियोनेसा प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेको छ ।
बिहीबार भएका अन्य खेलमा सेल्टाभिगो र इबार पनि आफूभन्दा तल्लो डिभिजन टोलीसँग स्तब्ध बनेको छ । मिरान्डेसले सेल्टाभियोलाई २–१ ले हरायो भने इबार सीडी बाडाजोजसँग ३–१ ले स्तब्ध बन्यो । लेगानेसले इब्रोलाई १–० ले हराउँदा रायो भायोकानोले रियल बेटिसलाई पेनाल्टीमा हरायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाउँपालिका उपाध्यक्ष र तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गर्मीमा चिसो पानी पिउनु स्वास्थ्यका लागि हानिकारक छ ?
-
क्रोएसियामा राजदूतावास स्थापनाको माग गर्दै परराष्ट्रमन्त्रीलाई ज्ञापन पत्र
-
एकल र साझा अधिकार सूचीमा रहेका कानुनहरू तीनै तहका सरकारले छिटो बनाउनुपर्छ : मन्त्री श्रेष्ठ
-
तस्बिरमा हेर्नुहोस् पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोह
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’