अख्तियारका अधिकृतलाई जासुस परिचालनको अधिकार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत अनुसन्धान अधिकृतलाई भ्रष्टाचारजन्य कसूरको अनुसन्धानका क्रमामा आवश्यक सूचना संकलन गर्न पाउने अधिकारको प्रस्ताव गरिएको छ ।
आयोगसँग सम्बन्धित दुई ऐन भ्रष्टाचार निवारण ऐन, २०५९ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकमा सरकारले यस्तो प्रस्ताव गरेको हो । सरकारले केही दिनअघि राष्ट्रियसभामा दर्ता गरेको निवारण ऐन २०५९ को थप गरिएको प्रस्तावित दफा ६२ घ मा अनुसन्धान अधिकारीले सुराकी वा अनुसन्धान सूत्र प्रयोग गर्न सक्ने भन्दै यस्तो प्रावधानलाई खुलाइएको छ ।
जसमा भनिएको छ– ‘अनुसन्धान अधिकारीले भ्रष्टाचारजन्य कसूरमा आवश्यक पर्ने सूचना संकलन गरी अनुसन्धानलाई अझ प्रभावकारी बनाउन उचित र पर्याप्त कारण भएमा सुराकी वा अनुसन्धान सुत्र (इन्टिलिजेन्स) परिचालन गर्न सक्नेछ ।’ यो समाचार आज प्रकाशित नेपाल समाचारपत्रमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विज्ञापन बोर्डको अध्यक्षका लागि आवेदन आह्वान
-
नेकपा एमाले विराटनगर नगरकमिटीको अध्यक्षमा गिरी निर्वाचित
-
इंग्ल्याण्डका नागरिक कैलालीमा मृत फेला
-
डोटीमा सिकार खेल्ने क्रममा गोली लाग्दा एक युवकको मृत्यु
-
सरकारले अस्पताललाई भुक्तानी दिन सकेन, स्वास्थ्य बिमा गर्नेलाई समस्या
-
अभियानको क्रममा कपिलवस्तुमा प्रचण्ड, बाणगंगामा मर्निङ वाक