एन्फा अध्यक्ष मिलनमाथि हातपात गर्ने मनाङेमाथि कारबाही गर्न काँग्रेस संसदीय दल गण्डकीको माग

पोखरा । काँग्रेस संसदीय दलले अखिल नेपाल फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङमाथि हातपात गर्ने प्रदेशसभा सदस्य दीपक मनाङेलाई न्यायोचित कारबाही गर्न माग गरेको छ । संसदीय दलको बिहीबार बसेको बैठकले अध्यक्ष मिलनलाई हातपात गर्नेमाथि कारबाही नभए सदनमा आन्दोलन गर्ने समेत चेतावनी दिएको छ ।
‘मुख्यमन्त्री कप उद्घाटन कार्यक्रम अघि एन्फाका कास्की अध्यक्षमाथि गरिएको हातपात निन्दनीय छ,’ काँग्रेस संसदीय दल गण्डकीका उपनेता मेखलाल श्रेष्ठले भने, ‘हातपात गर्नेमाथि न्यायसंगत कारबाही गरिनुपर्छ ।’
अध्यक्ष गुरुङमाथि हातपात गरेका प्रदेशसभा सदस्य दीपक मनाङेलाई प्रहरीले आजै नियन्त्रणमा लिइसकेको छ ।
यस्तै, उपनेता श्रेष्ठले निर्वाचन पूर्वाधार बजेट बाँडफाँड गर्दा प्रतिपक्षलाई कुनै भेद्भाव नगरि बजेट विनियोजन गर्ने विषयमा भएको सहमति पनि अक्षरशः कार्यान्वयन गर्नुपर्ने बैठकले निर्णय गरेको बताए । आफूहरुको माग कार्यान्वयन नभए सदन अबरुद्ध गर्ने समेत उनले चेतावनी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार दिन लगातार घटेको नेप्सेमा सामान्य सुधार, ७ अर्ब बढीको कारोबार
-
‘जब गिरिजाबाबु र शेरबहादुरजी ‘बेबी किङ’प्रति सफ्ट हुनुभयो’
-
शिक्षामन्त्री पन्तको शपथ अपरान्ह ४ बजे
-
एयरपोर्ट छानबिन रिपोर्टको परकम्प: पोखरा रङ्गशालाको छानबिन गर्न दबाब
-
खेलस्थल र प्रायोजक सम्बन्धी विवादका कारण साफ च्याम्पियनसिप फुटबल स्थगित
-
शशांकको चियापानमा इतर समूहका भन्दा संस्थापनका धेरै नेता, देखिएनन् शेखर र सुजाता