शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

१२ वर्षपछि बंगलादेश टोली पाकिस्तानमा : खेलाडीको सुरक्षामा १० हजार प्रहरी तैनाथ

बिहीबार, ०९ माघ २०७६, २२ : ०९
बिहीबार, ०९ माघ २०७६

एजेन्सी । पाकिस्तानको क्रिकेट स्तर माथि रहेपनि त्यहाँ राम्रो टोली गएर खेल्न छाडेको एक दशकनै पुग्न लाग्यो । सन् २००९ मार्चमा श्रीलंकाको क्रिकेट टोली चढेको बसमा आक्रमणकारीले आक्रमक गरेपछि पाकिस्तान अन्य देशको क्रिकेट टोलीको नजरमा कालो सूचीमा परेको थियो । त्यसपछि पुरानो घाउलाई छोप्न पाकिस्तानले हरेक प्रयास गर्दै आएको छ ।

बुधबार राति मात्र बंगलादेशको क्रिकेट टोली पाकिस्तानसँग तीन टी–२०, दुई वटा टेस्ट र एक एक दिवसीय क्रिकेट खेल्न पाकिस्तान गएको छ । बंगलादेशले १२ बर्षपछि पाकिस्तानको भ्रमण गरेको हो । त्यसैले बंगलादेशका खेलाडीको सुरक्षामा अहिले पाकिस्तान सरकारले १० हजारको संख्यामा प्रहरी तैनाथ गरेको छ । सुरक्षा ब्यवस्था कडा पार्ने क्रममा पाकिस्तानले बंगलादेशका खेलाडी बस्ने होटल, सडक, क्रिकेट मैदान लगायत स्थानका सुरक्षा चुस्त पारेको छ । पाकिस्तानले सन् २००९ को घटना दोहोरिन नदिनका लागि यस्तो गरेको हो । १० बर्षअघि लाहोर स्थित गद्दाफी क्रिकेट स्टेडियम जाने क्रममा श्रीलंका क्रिकेट खेलाडी चडेको बसमा बाटोमै आक्रमण भएको थियो ।

उक्त घटनामा ६ जना सुरक्षा कर्मी सहित दुई सवैसाधारणको मृत्यु भएको थियो । आक्रमणमा सातजना श्रीलंकन खेलाडी घाइते भएका थिए । त्यस घटनापछि पाकिस्तानमा अन्तर्राष्ट्रि स्तरका क्रिकेट प्रतियोगिता ठप्प हुँदै आएका थिए । पाकिस्तानमा अझै भारत, इङ्ल्यान्ड, अष्ट्रेलिया जस्ता ठूला देशले क्रिकेट खेल्नका लागि आनाकानी गर्दै आएका छन् । बंगलादेशको भ्रमणले पाकिस्तान हौसिएको छ । बंगलादेशसँगको टी–२० सुक्रबारदेखि सुरु हुनेछ । यसअघि सन् २०१५ मा जिम्बावेले पाकिस्तान भ्रमण गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप