शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरामा नारायणकाजीको विजयसभा : सम्बोधन गर्दै के–के भने ?

बिहीबार, ०९ माघ २०७६, २२ : ०२
बिहीबार, ०९ माघ २०७६

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नो विजयले वर्तमान सरकारलाई प्रभावकारी रुपमा सञ्चालन गरेर परिणाममुखी बनाउन मद्दत पुग्ने बताएका छन् । 
राष्ट्रियसभा सदस्यमा निर्वाचित भएपछि आज साँझ पोखरामा आयोजना गरिएको विजयीसभामा उनले सरकार र सदनको प्रभावकारिता वृद्धि गरी ‘समृृद्ध नेपाल, सुखी नेपाली’को सरकारको आकांक्षालाई सफल तुल्याउन आफ्नो विजयले सघाउने दावी गरे । 

उनले भने, “राष्ट्रियसभामा प्रभावकारी भूमिका निर्वाह गर्न र सरकारलाई प्रभावकारी रुपमा सञ्चालन गरेर परिणाममुखी बनाउन विजयले मद्दत गर्नेछ । हामी सरकारलाई हर हालतमा सफल बनाइ छाड्ने छौँ, म आफ्नो तर्फबाट सम्पूर्णरूपमा प्रतिबद्धता व्यक्त गर्दछु ।” 

आफूहरुको विजयले संसद्को उपस्थिति र सरकार सञ्चालनमा सङ्ख्यात्मक अन्तर पार्ने नभए पनि पार्टीको नीति र कार्यक्रम तथा घोषणापत्र अनुसार सरकारले नेपाली समाजको आवश्यकता अनुसार सामाजिक आर्थिक रुपान्तरणको प्रक्रियालाई गुणात्मक फड्कोमा पु¥याउने विश्वास उनले व्यक्त गरे । 

नेता श्रेष्ठले राष्ट्रियसभामा उम्मेदवार बनाउने र विजयी गराउन योजना बनाउने पार्टी नेतृत्व र पार्टीलाई  आभार व्यक्त गर्दै मतदान प्रक्रियामा सहभागी हुने सबैमा धन्यवाद व्यक्त गरे । 

 अर्का नवनिर्वाचित सांसद भगवती न्यौपानेले परिर्वतन पक्षधर जनताले विजयी हुँदै आएको वर्तमान युग भएको चर्चा गर्दै पार्टी र जनताको अपेक्षालाई पूरा गर्न आफू लागिपर्ने प्रतिबद्धता व्यक्त गर्दै मतदान गर्ने सम्पूर्णमा आभार व्यक्त गरिन् । 

पार्टीका गण्डकी प्रदेश कमिटीका अध्यक्ष हितराज पाण्डेले राष्ट्रियसभाको मत परिणामले पार्टी थप बलियो हुँदै गएकाले शक्तिशाली पार्टीले अब जनअपेक्षा पूरा गर्ने गरी काम गर्ने बताए। 

प्रदेश कमिटीको सचिव गोविन्द नेपालीले निर्वाचन प्रक्रियामा सहभागी ११ वटै जिल्ला कमिटी तथा जनप्रतिनिधिलाई धन्यवाद ज्ञापन गरे । निर्वाचन कार्यालयले मतपरिणाम सार्वजनिक गरेलगत्तै नेकपाका नेता कार्यकर्ताले राष्ट्र बैंक चोक हुँदै शहीद चोकसम्म विजयी ¥याली निकालिएको थियो । नवनिर्वाचित सांसदद्वयले शहीद चोकमा रहेको शहीद स्तम्भमा पुष्प गुच्छा चढाएर शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप