बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जाउलाखेलको रोचक जित

बिहीबार, ०९ माघ २०७६, २० : ३४
बिहीबार, ०९ माघ २०७६

काठमाडौं । जाउलाखेलले शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा रोचक जित निकालेको छ । दशरथ रंगशालामा बिहिबार भएको खेलमा जाउलाखेलले एपीएफ क्लबलाई १–० गोलले हरायो ।

१० खेलाडीमा समेटिएको जाउलाखेलको जितमा विदेशी खेलाडी फोडे फोफानाले ७१औं मिनेटमा निर्णायक गोल गरे ।यसअघि जाउलाखेल । ५७औं मिनेटमा १० खेलाडीमा समेटिएको थियो । 

गोलरक्षक टेकेन्द्र थापाले रातो कार्ड खाँदै बाहिरिएका थिए । उनले डिबक्स बाहिर आएर ह्यान्ड गरेपछि रातो कार्प पाएका थिए ।

 तर एपीएफले त्यसको फाइदा उठाउन सकेन । एपीएफ लगातार मौका पाएर पनि असफल बनेको थियो । जाउलाखेलका फोडे म्यान अफ दि म्याच भए । उनले १० हजार रुपैयाँ पाए ।

जितसँगै जाउलाखेल पाँचौं स्थानमा उक्लिएको छ । जाउलाखेलले आठ खेलबाट १२ अंक बनाएको छ । पाँच अंकमा सिमति एपीएफ १३औं स्थानमा छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप