प्रदेश नम्बर १ मा पनि सबै नेकपाका उम्मेदवार विजयी
बिहीबार, ०९ माघ २०७६, १८ : ००

मोरङ । बिहीबार सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश १ मा सबै नेकपाका उम्मेदवार निर्वाचित भएका छन् । निर्वाचनमा नेकपाका उम्मेदवारहरु गोपी अच्छामी, इन्दिरा गौतम र देवेन्द्र दाहाल निर्वाचित भएका हुन् ।
अच्छामीले ६ हजार ३ सय ३० मतभार पाएका छन् । उनका प्रतिद्वन्द्वी नेपानी काँग्रेसका निरबहादुर विकले २७ सय १८ मत पाएका छन् भने समाजवादी पार्टीका ज्ञानबहादुर परियारले ६ सय ६४ मतभार पाएका छन् । अच्छामी दलिततर्फका सदस्यमा, गौतम महिला र दाहाल अन्यतर्फको सदस्यमा निर्वाचित भएका हुन् ।
महिलातर्फ विजयी गौतमले ६ हजार ४ सय २२ मतभार पाएकी छिन् भने अन्यतर्फ विजयी दाहालले ६ हजार २ सय ३४ मतभार पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका देवेन्द्र घिमिरेले २ हजार ७ सय ६६ र समाजवादी पार्टीका भरतबहादुर दाहालले २ सय ६४ मतभार पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘फेक पत्र’ले पक्राउ परेका रेशम चौधरी रिहा
-
नायिका पन्तलाई प्रधानमन्त्री ओलीको ढाडस– स्वतन्त्रताको झन्डा उठाउने थुप्रै छन्
-
यी हुन् कलेजो बिगार्ने ६ कुरा
-
सीके राउत पुगे डिल्लीबजार कारागार
-
नेप्से परिसूचकमा लगातार तेस्रो दिन गिरावट
-
विवादित पात्र महिमानसिंह विष्ट : गाविस अध्यक्षलाई सरुवाको धम्कीदेखि रेशमलाई थुन्ने पत्रसम्म