शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश नम्बर २ मा नेकपा-राजपा गठबन्धन विजयी

बिहीबार, ०९ माघ २०७६, १९ : १०
बिहीबार, ०९ माघ २०७६

धनुषा । प्रदेश दुईको राष्ट्रियसभा निर्वाचनमा नेकपा-राजपा गठबन्धनबाट अल्पसंख्यक कोटामा उम्मेदवारी दिएका शेखर सिंह विजयी भएका छन् ।  उनले नेपाली काँग्रेस र समाजवादी पार्टीको गठबन्धनबाट उम्मेदवारी दिएका भोला पजियारलाई पराजित गरेका हुन् । सिंहले ५ हजार ५ सय २ मतभार ल्याएका छन् भने पजियारले ४ हजार ५ सय १२ मतभार ल्याए ।  

अल्पसंख्यक कोटाको परिणाम आएसँगै राष्ट्रियसभाको प्रदेश दुईको निर्वाचन चारवटै सीटमा नेकपा राजपा गठबन्धनले विजयी हासिल गरेको छ ।  नेकपा राजपा गठबन्धनबाट महिलातर्फ तुलसा दहाल, खुल्लातर्फ मृगेन्द्र सिंह र दलिततर्फ राधेश्याम पासवान विजयी भइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप