केन्द्रीय संस्करण

नेपाल इन्भेष्टमेण्ट बैंकका ग्राहकलाई चिरायु नेशनल अस्पतालमा विशेष छुट

person explore access_timeमाघ ९, २०७६ chat_bubble_outline0

काठमाडौं– नेपाल इन्भेष्टमेण्ट बैंक र चिरायु नेशनल अस्पताल तथा मेडिकल इन्स्टिच्यूट बीच बैंकका कार्डबाहकहरू, कर्मचारी तथा सेयरधनीहरूलाई स्वास्थ्य सेवामा विशेष छुट सुविधा प्रदान गर्ने विषयमा एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

सम्झौतापत्रमा बैंकका नायव महाप्रबन्धक विजेन्द्र सुवाल र अस्पतालका सञ्चालन निर्देशक चन्डेश्वर नन्दराज वैद्यले दुवै संस्थाका कर्मचारीहरूको उपस्थितिका बीच हस्ताक्षर गरे ।

अब बैंकका सबै कर्मचारीहरू, खाताधनीहरू र नेपाल इन्भेष्टमेण्ट बैंकका सेयरधनीहरूले चिरायु अस्पतालमा बेड शुल्क, अस्पतालभित्र गरिने परीक्षण, प्रक्रियागत शुल्क, शल्यक्रिया शुल्क र फार्मेसीमा छुट प्राप्त गर्नसक्ने छन् ।

चिरायु नेशनल अस्पताल तथा मेडिकल इन्स्टिच्यूट (सीएनएचएमआई) काठमाडौंमा रहेका निजी क्षेत्रका प्रमुख अस्पतालहरूमध्ये एक हो, जुन राजधानीको केन्द्रमा अवस्थित छ भने आधुनिक सुविधाहरूसहित उत्कृष्ट प्रकारका साधारण तथा विशेषज्ञ चिकित्सकीय सेवाहरू उपलब्ध छन् ।

सन् २०१३ को डिसेम्बरदेखि सञ्चालन आरम्भ भएको चिरायु अस्पतालले भर्ना गर्नुपर्ने र भर्ना नभइ उपचार गर्नुपर्ने सवै किसिमका बिमारीहरूका लागि उच्च गुणस्तरीय र सस्तो स्वास्थ्य हेरचाह सेवा उपलब्ध गराउँदै आएको छ ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...