शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभामा दाजुभाइको भिडन्तः पराजित भए भाइ, राजपाबाट दाइ विजयी

बिहीबार, ०९ माघ २०७६, २२ : २२
बिहीबार, ०९ माघ २०७६

धनुषा । राष्ट्रियसभा निर्वाचन अन्तर्गत प्रदेश नम्बर २ मा भएको निर्वाचनको मतगणनामा राजपाका मृगेन्द्रसिंह यादव विजयी भएका छन् । उनले समाजवादी पार्टीका उम्मेदवार  अनिरुद्र सिंह यादवलाई हराउँदै विजयी हाँसिल गरेका हुन् । मृगेन्द्र अनिरुद्रका दाइ हुन् ।  मृगेन्द्रले ५४ सय मत ल्याए भने अनिरुद्धले ४५१२ ल्याए । 

राजपा नेपालले राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश २ मा सप्तरीका मृगेन्द्रसिंह यादवलाई उम्मेदवार बनाएपछि समाजवादी पार्टीले पनि मृगेन्द्रसिंहका भाइ अनिरुद्र सिंहलाई उम्मेदवार बनाएको थियो ।  दाजुभाइबीच नै भिडन्त भएपछि यी दुई बीचको प्रतिस्पर्धालाई महत्वका साथ हेरिएको थियो । 

 समाजवादी पार्टीले प्रदेश २ मा काँग्रेससँग तालमेल गरेको थियो भने राजपाले नेकपासँग तालमेल गरेको थियो ।  

अनिरुद्र एमाले पृष्ठभूमिका हुन् भने मृगेन्द्र काँग्रेस पृष्ठभूमिका । अनिरुद्र तत्कालीन एमालेबाट तत्कालीन फोरम नेपालमा प्रवेश गरेका थिए भने मृगेन्द्रसिंह यादव काँग्रेस हुँदै तत्कालीन सद्भावना पार्टीमा गएका थिए । उनी ज्ञानेन्द्र शाहको पालामा अञ्चालाधीश पनि भएका थिए । अञ्चालाधीशबाट हटेपछि उनी फोरम नेपालमा प्रवेश गरेका थिए । पछि विजयकुमार गच्छदारहरुसँग बाहिरिएका थिए । 

केहीपछि विजयकुमार गच्छदारलाई छाडेर सद्भावना पार्टीमा फर्केका उनी हाल राजपा नेपालका उपाध्यक्ष रहेका छन् । अनिरुद्र र मृगेन्द्र दोस्रो संविधानसभा निर्वाचनमा एउटै क्षेत्रबाट चुनावमा लडेका थिए । अनिरुद्र तत्कालीन फोरमबाट र मृगेन्द्र तत्कालीन सद्भावना पार्टीबाट चुनाव लडेका थिए । 

तर अनिरुद्रले चुनाव हारेका थिए । अनिरुद्र र मृगेन्द्र नाताले दाजुभाइ भएपनि उनीहरु जहिले पनि एकअर्काको प्रतिपक्षमा नै रहे । जनतामा दुवैजनाको त्यस्तै पकड रहेको कारणले नै राजपाले मृगेन्द्रलाई टिकट दिएको हो भने समाजवादी पार्टीले पनि रणनीतिकरुमा अनिरुद्रलाई टिकट दिएको बताइएकाे छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप