शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा भएको सवारी दुर्घटनामा नेपाली महिलाको मृत्यु

बिहीबार, ०९ माघ २०७६, १८ : १४
बिहीबार, ०९ माघ २०७६

झापा । सवारी दुर्घटनामा परेर झापा गौरीगञ्जकी एक महिलाको भारतमा मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगञ्ज गाउँपालिका–५ फत्तेपुरकी ३५ वर्षीया करिश्मा गनगाइँ रहेकी छिन् ।

गौरीगञ्जस्थित फत्तेपुरबाट टेम्पुमा सवार भएर आफन्तको घर जाने क्रममा भारतको टेढागाछ लालपानी भन्ने स्थानमा दुर्घटना हुँदा उनको मृत्यु भएको हो । दुर्घटनामा परी सोही वडाका बबिता गनगाईं र निलम गनगाइँ सामान्य घाइते भएका छन् । टेम्पु अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको थियो । 

मृतक गनगाईंको शव परीक्षणका लागि किसनगञ्ज अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक गणेश भट्टराईले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप