शहीद स्मारक लिगः जितका साथ थ्री स्टार तेस्रो स्थानमा
हिमालयन शेर्पा क्लबलाई हराउँदै थ्री स्टार क्लब शहीद स्मारक ‘ए’ डिभिजन लिगको तेस्रो स्थानमा उक्लेको छ । दशरथ रङ्गशालममा आज भएको खेलमा थ्री स्टारले हिमालयन शेर्पालाई ३–१ गोलले हराएको हो ।
जितका साथ थ्री स्टारको १४ अङ्क भएको छ । थ्री स्टारका लागि सुशील राई, सञ्जोग राई र विदेशी खेलाडी वासीयु ओलादिरानले गोल गर्नुभएको थियो भने हिमालयनका लागि स्टेफेन समिरले सान्त्वना गोल गर्नुभएको हो । खेलको छैटौँ मिनेटमा थ्री स्टारका सुशील राईले गोल गरे ।
यस्तै खेलको ४४औँ मिनेटमा हिमालयन शेर्पाका स्टेफेन समीरले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा पु¥याए । थ्री स्टारका सञ्जोक राईले खेलको ४५औँ मिनेटमा गोल गर्दै आफ्नो टिमलाई २–१ गोलको अग्रता दिलाए ।
दोस्रो हाफमा पनि थ्री स्टारले हिमालयन शेर्पालाई दबाबमा राख्यो । खेलको ५०औँ मिनेटमा वासीयु ओलादिरानले थ्री स्टारका लागि तेस्रो गोल गर्नुभयो । त्यसपछिको समयमा भने उसले गोल गर्न सकेन । थ्री स्टार आठ खेलमा चार जित, दुईमा बराबरी तथा दुई खेलमा हारका साथ तेस्रो स्थानमा रहन सफल भएको छ ।
यस्तै हिमालयन शेर्पा आठ खेलमा एकमा जित, चारमा हार तथा तीन खेलमा बराबरी खेल्दै सात अङ्कका साथ लिगको ११औँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अग्नि पीडितलाई राहत उपलब्ध गराउन गृहमन्त्रीसँग सीके राउतको आग्रह
-
जसपा महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्देशिकाको मस्यौदा तयार
-
प्युठानमा सुत्केरीको हत्या आरोपमा ५ जना पक्राउ, २ जना फरार
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
कतारमा ६२५ नेपाली कामदार अलपत्र
-
‘वेस्ट इन्डिजविरुद्धको शृङ्खला टी-२० विश्वकपको तयारीका लागि उपयुक्त अवसर’