शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

विजयी भएपछि नारायणकाजीको प्रतिक्रिया : अब आर्थिक क्रान्ति सफल पार्न लाग्छु

बिहीबार, ०९ माघ २०७६, २२ : ००
बिहीबार, ०९ माघ २०७६

कास्की । राष्ट्रिय सभा सदस्य पदमा निर्वाचित भएपछि नेकपाका प्रवक्ता समेत रहेका नारायणकाजी श्रेष्ठले अबको कार्यभार आर्थिक क्रान्ति सफल पार्नु रहेको बताएका छन् । बिहीबार भएको मतदानमा श्रेष्ठले ३४६२ मत ल्याउदै विजयी बनेका हुन्  । 

उनका प्रतिद्वन्द्वी काँग्रेसका सूर्यप्रसाद रेग्मीले २२४४ मत पाएका छन् । श्रेष्ठले १२१८ मतान्तरको फरकमा जितेका हुन् । त्यस्तै गण्डकी प्रदेशको महिला तर्फपनि नेकपाकै भगवती न्यौपाने विजयी बनेकी छन् । उनले ३३६६ मत प्राप्त गरेकी छन् । काँग्रेसकी विमला गौचनले २३४० मत पाएकी छन् ।  

विजयी बनेपछि छोटो प्रतिकृया दिदै श्रेष्ठले आर्थिक क्रान्तिको कार्यभार पूरा गर्न आफ्नोतर्फ र निर्वाचितहरुको तर्फबाट सवै प्रयत्न गर्ने बताएका छन् । उनले पार्टीको विचार, नीति र निर्देशनलाई केन्द्रविन्दुमा राखेर र देशको ऐतिहासिक पूरागर्ने गरी अगाडि बढ्ने प्रतिवद्धता जनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप