अदालत जान हिँडेका सिद्धबाबा जोगवनी नाकाबाट ‘फरार’
काठमाडौ । अदालतमा जबरजस्ती करणी मुद्दाको सुनुवाइ भइरहेका बेला बलात्कार आरोपी सिद्धबाबा कृष्णदासजी महाराज भनिने कृष्णबहादुर गिरी सीमापार भएका छन् । गिरी बिहीबार सीमापार गर्दै भारत तर्फ ‘फरार’ भएका हुन् ।
उनी विराटनगरको जोगवनी नाका हुँदै भारततर्फ गएको जिल्ला प्रहरी कार्यालय मोरङले पुष्टि गरेको छ । प्रहरीले सरकारले गिरीलाई दिएका सुरक्षाकर्मी भने सीमाबाटै फिर्ताभएको जनाएको छ ।
‘कृष्णदासजी बिहीबार भारततर्फगएकोभन्ने सुचना आएको छ।उहाँ किन जानु भएको हो भन्ने खुलेको छैन’, जिल्ला प्रहरी कार्यालय मोरङका एसपी विश्व अधिकारीले बताए ।
उनको सुरक्षामा नेपाल प्रहरीका हवल्दार मुकेश साहलाई खटाइएको थियो ।
केही समर्थक र अनुयायीका साथमा सिद्धबाबा सुनसरीको चतरास्थित आश्रमबाट बिहान उच्च अदालत जाने भनेर हिँडेका थिए । तर,अदालत नगइ सिधै जोगवनीतर्फ गएका थिए । बिहीबार उनी विरुद्धको मुद्दाको सुनुवाइ अदालतमा जारी थियो ।
मुद्दाको सुनुवाइ जारी रहेका बेला गिरी भारत जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । एक महिला अनुयायीले सुनसरीको चतराधामस्थित आश्रममा गत कात्तिक ४ गते बलात्कार गरेको किटानी जाहेरीेपछि सिद्धबाबालाई सुनसरी प्रहरीले मंसिर १६ गते पक्राउ गरेरे जबरजस्ती करणी मुद्दामा अनुसन्धान थालेको थियो । जिल्ला अदालत सुनसरीका न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले मागेको धरौटी वापतको तीन लाख रुपैयाँ बुझाएर पुस १४ गते उनी छुटेपछि मुद्दा उच्चमा पुगेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण