राष्ट्र बैंकका ६२ कर्मचारीको जिम्मेवारी फेरियो
काठमाडौं । नेपाल राष्ट्र बैंकका ६२ जना कर्मचारीको जिम्मेवारी हेरफेर भएको छ । राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले उपनिर्देशक र सहायक निर्देशक तहमा रहेका ती कर्मचारीहरुको सरुवा र पदस्थापन गरेको राष्ट्र बैंकले जनाएको छ ।
६२ जना कर्मचारीमध्ये उपनिर्देशकतर्फ ४७ जना र १५ जना सहायक निर्देशक रहेको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा मानव संसाधन विभाग प्रमुख पिताम्बर भण्डारीले जानकारी दिए ।
भण्डारीका अनुसार उपनिर्देशकतर्फ २७ जनाको पदस्थापन र बाँकी २० जनाको सरुवा भएको हो भने सहायक निर्देशकतर्फ सबै १५ जनाको सरुवा भएको हो । बोर्डबाट निर्णय भएसँगै विभागले उनीहरुलाई तोकिएको कार्यक्षेत्रमा हाजिर हुन समय तोकेरै निर्देशन दिनेछ ।
नेपाल राष्ट्र बैंक कर्मचारी सेवा नियमावलीले कर्मचारी सरुवा तथा पदस्थापनको सबै निर्णय गभर्नरलाई दिएको छ । सोहीअनुसार ती कर्मचारीहरुको सरुवा तथा पदस्थापन गरिएको बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण