बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

राष्ट्र बैंकका ६२ कर्मचारीको जिम्मेवारी फेरियो

बिहीबार, ०९ माघ २०७६, १६ : ५१
बिहीबार, ०९ माघ २०७६

काठमाडौं । नेपाल राष्ट्र बैंकका ६२ जना कर्मचारीको जिम्मेवारी हेरफेर भएको छ । राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले उपनिर्देशक र सहायक निर्देशक तहमा रहेका ती कर्मचारीहरुको सरुवा र पदस्थापन गरेको राष्ट्र बैंकले जनाएको छ ।

६२ जना कर्मचारीमध्ये उपनिर्देशकतर्फ ४७ जना र १५ जना सहायक निर्देशक रहेको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा मानव संसाधन विभाग प्रमुख पिताम्बर भण्डारीले जानकारी दिए । 

भण्डारीका अनुसार उपनिर्देशकतर्फ २७ जनाको पदस्थापन र बाँकी २० जनाको सरुवा भएको हो भने सहायक निर्देशकतर्फ सबै १५ जनाको सरुवा भएको हो । बोर्डबाट निर्णय भएसँगै विभागले उनीहरुलाई तोकिएको कार्यक्षेत्रमा हाजिर हुन समय तोकेरै निर्देशन दिनेछ । 

नेपाल राष्ट्र बैंक कर्मचारी सेवा नियमावलीले कर्मचारी सरुवा तथा पदस्थापनको सबै निर्णय गभर्नरलाई दिएको छ । सोहीअनुसार ती कर्मचारीहरुको सरुवा तथा पदस्थापन गरिएको बैंकले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप