शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अब बच्चाहरुका लागि डीस होममा ‘राइम्स’ च्यानल आउने

बिहीबार, ०९ माघ २०७६, १६ : ३५
बिहीबार, ०९ माघ २०७६

काठमाडौं– डीस होम नेपालमा रहेको अग्रणी डीटीएच सेवा प्रदायक कम्पनी हो जसले थुप्रै डिजिटल एचडी च्यानलहरु उपलब्ध गराउँदै आइरहेको छ । 

डीस होमले एउटा विशिष्ट च्यानल ‘राइम्स’मार्फत भोलिको कर्णधारहरुको लागि आजको दिनमा रोमाञ्चक प्रारम्भिक शिक्षण आधार तयार पारेको छ । यो २ देखि १२ बर्षसम्मका बच्चाहरुको लागि अत्यन्तै अन्र्तक्रियात्मक च्यानल हो । 

च्यानल नं. ८०९ मा यो च्यानल हेर्न सकिने डीसले जनाएको छ । यो च्यानलले बच्चाहरुको लागि एउटा पढ्नको लागि आधार प्रदान गर्नुका साथै अंग्रेजी तथा गणित जस्ता विषयहरुको मात्र नभई विभिन्न मनोवैज्ञानिक सामाग्रीको माध्यमबाट दिमाग सुढृड बनाउन मद्दत गर्दछ । 

तसर्थ यो च्यालनले बच्चाहरुलाई घरमै बसेर सिक्न सक्ने एउटा उत्कृष्ट मञ्च प्रदान गर्दछ । 

आफ्नो दर्शकहरुद्वारा पहिले नै उत्कृष्ट प्रतिक्रिया प्राप्त गरिसकेको डीस होम च्यानलबाट पनि आफ्नो उद्देश्य पुरा गर्दै उत्कृष्ट हुनेछ भन्नेमा विश्वस्त छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप