शरीर बन्धक तथा कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ
बिहीबार, ०९ माघ २०७६, १३ : ४९
पर्सा । अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त वीरगंज महानगरपालिका-२७ बस्ने ४५ वर्षीय विक्रम यादवलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
२०६५ भदौ २० गते राति उदयपुर घुर्मी बस्ने ४५ वर्षीय पन्नालाल साह सोनारलाई अपहरण गर्ने क्रममा उनकै श्रीमती देवमती देवीलाई गोली प्रहार गर्दा घाइते भएकोमा देवीको उपचारको क्रममा मृत्यु भएको थियो । उक्त
घटना पश्चात फरार रहेका यादवलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनकै गाउँघरमा लुकिछिपि बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
यादवलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत पर्सा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जब कुलदीप यादवले कप्तान ऋषभ पन्तलाई ‘डीआरएस’ का लागि बाध्य पारे
-
कपनबाट पेस्तोल लगायतका हतियारसहित गुण्डागर्दीमा संलग्न लिम्बु पक्राउ
-
कर्णालीमा एमाले र माओवादीको प्रतिष्ठाको लडाइँ : माओवादीको शक्ति कति ?
-
महिला सशक्तीकरणको मुख्य आधार आर्थिक सबलीकरण हो : प्रधानमन्त्री
-
एसईई परीक्षामा चिट चोराउने शिक्षक र नक्कली गार्ड पक्राउ
-
दोस्रो सातामा ‘महाजात्रा’