मोरङमा बस दुर्घटना, बस धनीको मृत्यु
विराटनगर । मोरङमा बिहीबार बिहान एउटा बस दुर्घटना हुँदा सोही बसका धनीको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय रंगोलीका अनुसार बिहान साढे ६ बजेको समयमा धनपाल गाउँपालिकास्थित विराटनगर–रंगेली सडक खण्डमा पश्चिमतर्फ जादैँ गरेको मे१ख ४०९० नम्बरको बस दुर्घटना भएको हो । लर्ड बुद्ध कलेजका विद्यार्थी ओसार्न प्रयोग हुँदै आएको उक्त बस बाक्लो हुस्सुको कारण अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा सोही बसका धनी बिराटनगर–१५ बस्ने ३२ वर्षीय सानु साहको मृत्यु भएको हो । प्रहरीका अनुसार उनी बसमा सहचालकको भूमिकामा थिए । घाइते अवस्थामा उद्धार गरिएका साहको न्यूरो अस्पतालमा उपचारको क्रममा बिहान ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
बसमा रहेका अन्य ५ जना घाईते भएका छन् । घाइतेहरुको न्यूरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरुको अवस्था सामान्य रहेको बताइएको छ ।
दुर्घटना भएको बस र बसका चालकलाई प्रहरीको नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने
-
डढेलो नियन्त्रणमा सरकार संवेदनशील देखिएन: नेता कोइराला
-
डिएभी विद्यालयमा राग र ताल मिश्रित सांस्कृतिक कार्यक्रम ‘तरङ्ग’ भव्य रूपमा सम्पन्न
-
मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न
-
एकल, दलित र विपन्न महिलालाई आत्मनिर्भर बनाउन सवारी चालक तालिम
-
ब्राइटनविरुद्ध म्यानचेस्टर सिटीलाई ४–० को जित, उपाधि होड थप रोमाञ्चक