शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अस्ट्रेलियाको स्थानीय चुनावमा नेपाली युवाको उम्मेदवारी

बिहीबार, ०९ माघ २०७६, १२ : ३०
बिहीबार, ०९ माघ २०७६

टुउम्बा– अस्ट्रेलियामा आगामी मार्च २८मा हुन गइरहेको स्थायिन निर्वाचनका लागि एक नेपाली युवाले आफ्नो उम्मेदवारी दिएका छन् ।

अस्ट्रेलियाको टुउम्बा क्विन्सल्याण्ड राज्यको टुउम्बा काउन्सिल उम्मेदवारको रुपमा एकराज अधिकारीले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

विगत ११ वर्षदेखि अस्ट्रेलियाको टुउम्बा क्विन्सल्याण्डमा बसोबास गर्दै आएका एकराज अधिकारीले टुउम्बा परिषदमा आफ्नो उम्मेदवारी दिएको जानकारी दिएका छन् । 

उम्मेदवारी दिए लगत्तै एक भिडियो जारी गर्दै अधिकारीले टुउम्बा राज्यको विकासका लागि युवा सहभागितालाई प्रोत्साहित गर्न आफू लागि पर्ने पनि जनाएका छन् ।

अस्ट्रेलियाको एक ठूलो सहर टुउम्बा १३ हजार स्क्वायर किलोमिटरमा फैलिएको छ । जहाँ एक लाख ५० हजार जनसंख्याबाट एक जना मेयर सहित १० जना परिषद सदस्य निर्वाचनबाट चुनिने छन् । 

अधिकारीले उक्त राज्यमा नेपाल र नेपालीलाई चिनाउन, नेपालको कला तथा संस्कृतिको प्रचार प्रसार गर्न विभिन्न कार्यक्रम गर्दै आइरहेका छन् । २०१९ मा भएको टुउम्बा भाषा तथा संस्कृतिक महोत्सवमा २५ हजारको सहभागिता गरेको थियो जहाँ नेपाली कला संस्कृतिको प्रचार प्रसार पनि गरिएको थियो जसको अध्यक्षता अधिकारीले नै गरेका थिए ।

अधिकारी नेप्लिज एसोसियशन अफ नेपालका अध्यक्ष समेत हुन् । अधिकारी दुई छोरी र श्रीमतिका साथ अस्ट्रेलियामा बसोबास गर्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप