शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना भाइरसबाट मर्नेको संख्या १७ पुग्यो, रोगको उद्गमस्थल उहानका सम्पूर्ण सार्वजनिक यातायात प्रतिबन्धित

बिहीबार, ०९ माघ २०७६, ११ : १५
बिहीबार, ०९ माघ २०७६

कारोना–भाइरसको संक्रमण उद्गम भएको उहान सहरको सार्वजनिक यातायात अस्थायी कालका लागि बन्द गरिएको छ । १ करोडभन्दा बढी जनसंख्या भएको उक्त सहर अहिले उराठ बनेको छ ।

चिनियाँ अधिकारीले बिहिबारबाट लागु हुने गरी उहान आउजाउ गर्ने सम्पूर्ण हवाई उडान, यात्रुवाहक रेलसेवा बन्द हुने बताएका छन् । त्यस्तै सार्वजनिक बस सेवा, फेरी सेवामा पनि प्रतिबन्ध लागु हुनेछ । 

यी कदम महामारी विस्तार हुनबाट रोक्न उठाइएको भाइरस नियन्त्रण गर्न उहानमा गठन भएको विशेष केन्द्रले बतायो ।

यस अघिनै उहानका सर्वसारधणलाई समूहमा भेला नहुन र सार्वजनिक कार्यक्रमम सकेसम्म कम गर्न सुझाव दिइएको थियो । 

सहरवासीलाई पनि सहर नछाड्न सल्लाह दिइएको छ । यो हप्ता चीनमा नयाँ वर्षको उत्सव सुरु हुन लागेको छ, यस क्रममा करोडौं चिनियाँ बिदा मनाउन घरतर्फ यात्रा गर्छन् । 
अघिल्लो वर्षको लुनार नयाँ वर्षमा सात लाख मानिस जम्मा भेला भएको उहानको गुइयान मन्दिरको कार्यक्रम यो वर्ष रद्द गरिएको छ । 

स्वासप्रश्वासलाई प्रभावित बनाउने यो रोग चीनको अन्य भागमा पनि फैलिएको छ । 
चीनबाट बाहिर थाइल्याण्ड, दक्षिण कोरिया, जापान र पछिल्लो समय अमेरिकामा पनि भाईरसबाट संक्रमित भेटिए पछि विश्वभर प्रकोपले महामारीको रुप लेला भन्ने चिन्ता बढेको छ । 

हालसम्म कोरोनाभाइरसबाट संक्रमित भएकाको पुष्टि भएका विरामीको संख्या ५०० पुगिसकेका छ र १७ को मृत्यु भइसकेको छ । 

उहानबाट सुरु भएको प्रकोपको लागि जिम्मेबार भाइरसलाई २०१९–एनसीओभी नाम दिइएको छ । तथापि २००२ तिर विश्वभर झण्डै ७५० को ज्यान लिएको सार्स पनि कोरोनाभाइरसले लगाएको थियो ।

हुनत हामीलाई लाग्ने सामान्य रुघा खोकीका लागि पनि कोरोनाभाइरसकै एक प्रकार जिम्मेबार हुन्छ । मर्नेमध्य सबै उहान सहर रहेको हुवेई प्रान्तका मानिस छन् । 
बुधबार कोरोनाभाइरसको प्रकोपलाई अन्तराष्ट्रिय स्वास्थ संकटकाल घोषणा गर्ने, नगर्ने विषयमा जेनेभामा विश्वा स्वास्थ संगठनको वैठक बसेको थियो ।

एक दिने उक्त वैठकले अहिले नै भाइरसको प्रकोपलाई ‘विश्वव्यापी संकटकाल’ घोषणा गर्नुपर्ने स्थिति नरहेको निर्णय ग¥यो । 

तथापि स्वास्थ विज्ञको वैठक पुन बिहिबार पनि बोलाइएको छ । 
विश्वव्यापी संकटकाल विश्व स्वास्थ संगठनले घोषणा गर्न सक्ने सबैभन्दा ठूलो स्तरको सतर्कता हो । 

विगतमा स्वाईन फ्लू, जिका भाइरस र इबोलाको प्रकोपको समयमा विश्व स्वास्थ संगठनले विश्वव्यापी स्वास्थ संकटकाल घोषणा गरेको थियो । 
उहान सहरमा उठाइएको कदमलाई विश्वस्वास्थ संगठनले स्वागत गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप