बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

समयमै काम सम्पन्न नगर्ने ठेकेदार कम्पनीसँग ठेक्का रद्द

बिहीबार, ०९ माघ २०७६, १० : २८
बिहीबार, ०९ माघ २०७६

बाँकेको जानकी गाउँपालिकाले समयमै काम सम्पन्न नगर्ने दुई ठेकेदार कम्पनीसँगको ठेक्का सम्झौता रद्द गरेको छ । आर्थिक वर्ष २०७४/७५ मा सम्झौता भई हालसम्म काम सम्पन्न हुन नसकेको सम्झौता गाउँसभाबाटै रद्द गर्ने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले जानकारी दिए । 

उनका अनुसार गाउँसभाबाट इशा निर्माण सेवा र सुनिता निर्माण सेवासँगको ठेक्का सम्झौता रद्द गर्ने प्रस्ताव पारित गरेको हो । इशा निर्माण सेवाले गाउँपालिकाको वडा नं ६ मा सडक ग्राभेल तथा सुनिता निर्माण सेवाले वडा नं २ मा सडक ढलान तथा नाली निर्माणको ठेक्का सम्झौता गरेका थिए ।

आव २०७४÷७५ मा सम्झौता भएकामा काम सम्पन्न गर्न बारम्वार आग्रह गर्दा पनि अटेर गरेकाले काम सम्पन्न भएको भुक्तानी गरी ठेक्का रद्द गरिएको गाउँपालिकाका योजना शाखा प्रमुख इञ्जिनीयर निसार अहमद दर्जीले बताए । 

गाउँपालिका अध्यक्ष रामनिवास यादवले सुखी नेपाल समृद्ध नेपाल र प्रदेश सरकारको सुखी जनता, समृद्ध प्रदेशको मूल नारालाई आत्मसाथ गर्दै गाउँपालिकावासीको सुखी र समृद्धिका लागि विभिन्न विकास निर्माणका योजनाहरु कार्यान्वयन गर्दै आएको जानकारी दिए ।

शिक्षा, स्वास्थ्य, महिला बालबालिका ज्येष्ठ नागरिक, दलित तथा जनजातिको समावेशी र सहभागितामूलक योजना तर्जुमा पद्धतिको अवलम्बन गरी प्राथमिकताका योजना छनोट गरी कार्यान्वयन गर्दै आएको उनले बताए ।

 गाउँपालिकामा चार दशमलव आठ किलोमिटर पिसीसी ढलान सडक निर्माण, १२ किलोमिटर ग्राभेल, पाँच दशमलव पाँच किलोमिटर नयाँ निर्माण, २०० मिटर कालोपत्र, चार कल्भर्ट, एक दशमलव पाँच किलोमिटर नाला, तीन नयाँ विद्यालय भवन निर्माण र गाउँपालिकाको सभाहल निर्माणलगायतका काम सम्पन्न भइसकेको बताइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप