शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पीएसजी फ्रेन्च लिग कपको फाइनलमा

बिहीबार, ०९ माघ २०७६, ०८ : ५६
बिहीबार, ०९ माघ २०७६

फ्रेन्च महारथी पेरिस सेन्ट जर्मन (पीएसजी) फ्रेन्च लिग कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा पीएसजीले १० खेलाडीमा समेटिएको रिम्सलाई उसैको मैदानमा ३–० गोलले हरायो ।

एकपक्षीय खेलमा पीएसजीलाई जिताउन कप्तान मार्किन्योस र नियानजोउ कोवासीले गोल गरे । पीएसजीले अर्को गोल रिम्सबाट उपहार पाएको थियो । नवौँ मिनेटमा मार्किन्योसले नेयमारको पासका गोल गर्दै पीएसजीलाई अग्रता दिलाए । ३१ औँ मिनेटमा रिम्सका कोनानको प्रहार आत्मघाती गोलमा परिणत भएपछि पीएसजीले अग्रता दोब्बर बनायो । त्यसपछि ७३ औँ मिनेटमा रिम्स १० खेलाडीमा समेटिएको थियो ।

मार्काे भेराटीलाई फल हानेपछि रिम्सका मार्सल मुनेटसी रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए । चार मिनेट लगत्तै पीएसजीले त्यसको फाइदा उठायो । ७७ औँ मिनेटमा नियानजोउ कोवासीले गोलगर्दै पीएसजीलाई सजिलै जिताए । फाइनलमा पीएसजीले लियोनसँग प्रतिस्पर्धा गर्नेछ ।

बुधबार रातिनै भएको खेलमा लियोनले लिलेलाई टाइब्रेकरमा ४–३ गोलले हराउँदै फाइनलमा स्थान बनाएको हो । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप