बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

रोनाल्डोको गोलवर्षा जारी, युभेन्टस कोप्पा इटालियाको सेमिफाइनलमा

बिहीबार, ०९ माघ २०७६, ०८ : १४
बिहीबार, ०९ माघ २०७६

स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले पछिल्ला १० खेलमा आफ्नो १३ औँ गोल गरेपछि युभेन्टसले एएस रोमालाई ३–१ गोल अन्तरले हराउँदै कोप्पा इटालियाको सेमिफाइनलमा प्रवेश गरेको छ ।

युभेन्टसले तीनवटै गोल पहिलो हाफमा गरेको थियो । पोर्चुगलका स्ट्राइकरले गोन्जालो हिग्वाइनको क्रसमा गोल गर्दै खेलमो २६ औँ मिनेटमा टोलीलाई अग्रता दिलाए ।

३४ वर्षीय रोनाल्डोको सन् २०२० मा यो सातौँ गोल थियो । कोप्पा इटालियामा भने उनको यो पहिलो गोल हो । योसँगै उनले विभिन्न १५ वटा प्रतियोगितामा गोल गर्न सफल भएका छन् ।

खेलको ३८ औँ मिनेटमा रोड्रिगो बेन्टाकुरले अग्रता दोब्बर बनाए भने इन्जुरी समयमा लियोनार्डो बनुचीले युभेन्टसलाई ३–० को अग्रता दिलाए ।

दोस्रो हाफमा जियानलुइजी बुफोनले आत्मघाती गोल गरेपछि रोमाले सान्तवना गोल गर्यो ।

युभेन्टसले अब सेमिफाइनलमा टोरिनो र एसी मिलानबीचको विजेतासँग भिड्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप