बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बार्सा र रियल कोपा डेल रेको अन्तिम १६ मा

बिहीबार, ०९ माघ २०७६, ०८ : ०१
बिहीबार, ०९ माघ २०७६

तेस्रो डिभिजनको टोली यूडी इबिजाविरुद्ध संघर्षपूर्ण जीत निकाल्दै बार्सिलोना कोपा डेल रेको अन्तिम १६ मा प्रवेश गरेको छ ।

बार्सिलोनाले एक गोलले पछि परेको स्थिति उल्टाउँदै २–१ को जीत निकाल्न सफल रह्यो । बार्साको जीतमा दुवै एन्टोनी ग्रिजमानले दुवै गोल गरे ।

ह्याभी परेजको गोलको मद्दतले इबिजाले नवौँ मिनेटमा अप्रत्यासित अग्रता लिएको थियो ।

त्यसपछि बार्सिलोनाले खेलमा फर्कन ७२ मिनेटसम्म पर्खनुपरेको थियो । इन्जुरी समयमा ग्रिजमानले अर्को गोल थप गर्दै बार्सिलोनालाई जीत दिलाए ।

प्रतियोगिताको ३० पटकको विजेता बार्सिलोनाले पछिल्ला ५ मध्ये ४ उपाधिमाथि कब्जा जमाएको थियो ।

उता, रियल म्याड्रिडले पनि तेस्रो युनियननिस्टासलाई ३–१ गोल अन्तरले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको छ ।

रियल म्याड्रिडको जीतमा गेराथ बेल र ब्राहिम डियाजले एक–एक गोल गरे भने रियलले हुवान गोन्गोरासको आत्मघाती गोल उपहार पाएको थियो ।

युनियननिस्टासका लागि एक मात्र गोल अल्भारो रोमेरोले गरेका थिए ।

अन्य खेलमा भ्यालेन्सियाले युडी लोग्रोनेसलाई १–० गोलअन्तरले पराजित गर्यो भने टेनेरिफेले रियल भालाडोलिडले २–१ ले, रियल सोसिडाडले एस्पानियोललाई २–० ले तथा भिल्लेरियालले जिरोनालाई ३–० ले हराएको छ ।

त्यस्तै, एथ्लेटिक बिल्बाओले पेनाल्टीमा इल्चेलाई हराउँदा ग्रानाडाले बाडालोनालाई ३–१ ले पराजित गर्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप