शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बढ्यो वैदेशिक लगानीको प्रतिबद्धता

बिहीबार, ०९ माघ २०७६, ०६ : ३७
बिहीबार, ०९ माघ २०७६

वैदेशिक लगानीसम्बन्धी कानूनी संरचनामा सुधार तथा लगानी सम्मेलनजस्ता कारण नेपालमा वैदेशिक लगानी प्रतिबद्धतामा सुधार आएको छ । 

चालु आर्थिक वर्षको पहिलो छ महिनामै वैदेशिक लगानी प्रतिबद्धता रु २७ अर्ब भन्दा बढी पुगेको छ, जुन गत आवको कूल प्रतिबद्धताभन्दा झन्डै रु २ अर्बले बढी हो । 

उद्योग विभागको तथ्यांकअनुसार यस वर्षको पहिलो छ महीनामा रु २७ अर्ब २८ करोड बराबरको विदेशी लगानी भित्र्याउने प्रतिबद्धताका १५० कम्पनी उद्योग विभागमा दर्ता भएका छन् । 

यस वर्ष सबैभन्दा बढी प्रतिबद्धता पर्यटन क्षेत्रमा आएको छ, त्यसपछि सेवा, सूचनाप्रविधि तथा ऊर्जा क्षेत्रमा धेरै लगानी देखिएको छ । यो समाचार आजको आर्थिक अभियानमा मिलन विश्वकर्माले लेखेका छन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप