फ्रान्सका राष्ट्रपति इजरायल भ्रमणमा

फ्रान्सका राष्ट्रपति एमानुएल म्याक्रोनले बुधबार इजरायलको भ्रमण शुरु गरेका छन् ।
उनले भ्रमणको पहिलो दिनमै इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग भेटवार्ता पनि गरेको जनाइएको छ ।
इजरायली प्रधानमन्त्रीको कार्यालयले दिएको जानकारीअनुसार राष्ट्रपति म्याक्रोनलाई प्रधानमन्त्री नेतान्याहु र उहाँकी श्रीमतीले संयुक्त रुपमा स्वागत गरेका थिए ।
उनीहरुका बीचमा जेरुसेलमस्थित इजरायली प्रधानमन्त्रीको निवासमा भेटवार्ता भएको कार्यालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।
वक्तव्यमा लेखिएको छ, ‘उहाँ (फ्रान्सेली राष्ट्रपति म्याक्रोन) र प्रधानमन्त्री नेतान्याहुले खानासहितको भेटवार्ता गर्नुभएको हो ।’
उनीहरुले इरान र प्यालेस्टायनसँग सम्बन्धित विषयमा कुराकानी गर्नुभएको प्रधानमन्त्री कार्यालयका अधिकारीहरुले जनाएका छन् ।
म्याक्रोनले इजरायली विपक्षी दलका नेता बेन्नी गान्टज, प्यालेस्टायनका राष्ट्रपति मोहम्मद अब्बासलगायतसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
फ्रान्सेली राष्ट्रपति म्याक्रोन इजरायलको बेन गुरियोन अन्तर्राष्ट्रिय विमानस्थलमा मङ्गलबार राति अवतरण भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार वर्षपछि पोखरामा पिउने पानी पूरै शुद्ध बनाउन सकिन्छ
-
प्रिमियरमा ‘फेरि रेशम फिलिली’ : कसले के भने ?
-
महाशिवरात्रि : जीवनको सर्वोत्तम व्रत
-
पैसा तिरेर पानीसँगै रोग किनिरहेका छौँ
-
सूर्यविनायकमा पूजा गर्दै ‘माग्ने राजा’ को छायाङ्कन सुरु
-
नेतन्याहूले दक्षिणी सिरियालाई सैन्यमुक्त गर्ने सुझाव दिएपछि विरोध प्रदर्शन