भलिबलमा विभागीय टोली हावी
काठमाडौं । पाँचौं आरबीबी एनभीए राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा विभागीय टोली हावी देखिएको छ । च्याम्पियनसिपको पुरुष र महिला दुवैमा तीनै विभागीय टोली सेमिफाइनलमा पुगेका छन् । पुरुषमा हेल्प नेपाल स्पोर्ट्स क्लब र महिलामा न्यु डायमन्ड क्लब मात्र विभाग बाहिरका टोली सेमिफाइनलमा पुगेका छन् । पुरुषतर्फ त्रिभुवन आर्मी र एपीएफ क्लबबीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन् ।
पुरुषकै अर्को सेमिफाइनलमा नेपाल पुलिस क्लब र हेल्प नेपालले प्रतिस्पर्धा गर्नेछन् ।
बुधबार भएको पहिलो क्वार्टरफाइनलमा आर्मीले मणिमुकुन्द भलिबल क्लबलाई २५–१९, २५–१८, २५–१७ को सोझो सेटमा हरायो । एपीएफले बुद्ध टोल भलिबल क्लबलाई २५–१८, २५–१७, २५–११ ले पराजित गर्र्यो । पुलिस क्लबले नयाँबजार सामाजिक युवा क्लबलाई २५–११, २५–९, २५–१२ ले हराउँदै हेल्प नेपालसँगको भेट पक्का बनायो । हेल्प नेपालले बुलबुले रारा क्लबलाई २५–१६, २५–२०, २५–१९ ले पाखा लगायो । महिलातर्फ एपीएफ र नेपाल पुलिस तथा न्यु डायमन्ड र आर्मीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको महिला र पुरुष दुवैको विजेताले दुई लाख र उपविजेताले एक लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
-
दोस्रो जनआन्दोलनले गर्भे टुहुरो बनायो विजयराज पाण्डेलाई
-
राष्ट्रपति पौडेलद्वारा विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह