
अग्नि सापकोटाका विषयमा माइतीघरमा दुःख नगर्दा हुन्छ: अध्यक्ष प्रचण्ड

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अग्निप्रसाद सापकोटाका विषयमा माइतीघरमा दुःख नगर्न आग्रह गरेका छन् । सभामुखका लागि सिफारिस भएका सापकोटाका विषयमा माइतीघरमा मानवअधिकारवादीहरुले प्रदर्शन गरिरहेकाबेला प्रचण्डको यस्तो अभिव्यक्ति आएको हो ।
बुधबार आफ्नै निवासमा पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले सिंगो राष्ट्र नै सभामुखका विषयमा एक ठाउँमा उभिएका बेला माइतीघरमा दुःख नगर्न आग्रह गरेका हुन् । ‘हिजोसम्म आइपुग्दा सभामुखको विषयमा सिंगो राष्ट्र एक ठाउँमा उभिसक्यो । अब साथीहरुले किन दुःख गरेका हुन् जाडोमा’, दाहालले भने ।
नेकपाले सर्वसम्मत रुपमा सापकोटाको नाम सिफरिस गरेको र प्रतिपक्षी दलहरुले समेत समर्थन गरेको अवस्थामा माइतिघरमा दुःख नगर्न प्रचण्डले सुझाव दिए । दाहालले सापकोटाका विरुद्धमा कुनै मुद्धा नै नभएको समेत बताएका छन् । ‘उहाँमाथि केही पनि छैन । बेकारको कुरा हो त्यो । हाम्रो पार्टी त सर्वसम्मत निर्णय गरेर सभामुखमा अग्नि सापकोटालाई अघि सा¥यौ । हिजो प्रतिपक्षी र अरु पार्टीले समेत उहाँलाई समर्थन गरिसकेपछि सिंगो राष्ट्र नै एक ठाउँमा भएको बेला माइतिघर मण्डलामा साथीहरुले दुःख नगरे हुन्थ्यो’, प्रचण्डले भने ।
यसअघि बुधबार दिउँसो मावनअधिकारवादीहरुले अदालतमा मुद्धा चलिरहेको व्यक्तिलाई सभामुख बनाउन लागिभएको भन्दै विरोध प्रदर्शन गरेका थिए । ‘हत्या घटनामा अनुसन्धानको क्रममा रहेका व्यक्तिाई सभामुख नबनाउ, पीडितलाई थप अपहेलित र अपमानित नगर, मानवअधिकार र कानूनी शासनको सम्मान गर’ भन्ने नारासहित अधिकारवादीहरुले प्रदर्शन गरेका थिए ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
- Jan. 22, 2020, 7:53 p.m. प्रतिक, सिरहायो देश नेताहरुको मात्र हो जस्तो व्यवहार गर्नु भो कमरेड्ले ! यस्तो पाराले कहाँ पुर्याउने हो देश र समाजलाइ? हाल आएर पुष्प कमल दहालको घमण्ड्को पारो अलि माथी नै चढे जस्तो लाग्यो । भोग्न त प्रचण्डले यहि जुनिमा भोग्छन हेर्दै छन दुनियाले ।
- 0 Reply