शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रसूतिगृहको रक्तसञ्चार विभाग प्रभावकारी बन्दै

बुधबार, ०८ माघ २०७६, १८ : ४१
बुधबार, ०८ माघ २०७६

थापाथलीस्थित प्रसूतिगृह तथा स्त्रीरोग अस्पतालको रक्तसञ्चार विभागमा स्थापना गरिएको ‘ब्लड कम्पोनेन्ट’ प्रभावकारी बन्दै गएको छ । दुई वर्ष अघि स्थापना गरिएको सो ‘ब्लड कम्पोनेन्ट’ सेवाबाट प्याक रेड ब्लड सेल, फ्रेस फ्रोजन प्लाज्मा र पेलेटलेज रिच प्लाज्मा गरी १ हजार २ सय ७२ युनिट‘ब्लड कम्पोनेन्ट’ बनाएर बिरामीलाई दिइएको छ । 

जसमा प्याक रेड ब्लड सेल करिव ६ सय ४० युनिट, फ्रेस फ्रोजन प्लाज्मा ५ सय ४० युनिट र पेलेटलेज रिच प्लाज्मा ९२ युनिट बनाइएको हो ।

अस्पतालमा आएका बिरामीलाई अन्य रक्त संचार केन्द्रमा धाउनुपर्ने बाध्यतालाई कम गर्नका लागि कम्पोनेन्ट सेवा सञ्चालनमा ल्याएको ब्लड बैंकका इन्र्चाज परशुराम दाहालले बताए । 

यो सेवा उपलब्ध गराउदाँ एक जनाका रक्तदाताले दिएको रगतबाट ३ तीन युनिट कम्पोनेन्ट बन्ने भएकाले यस सेवालाई अगाडि उनको भनाइ छ । 

अस्पतालमा भर्ना भएका नवजात शिशुलाई  एफएफपी अत्याधिक मात्रामा आवश्यक पर्ने हुँदा पछिल्लो समय स्टोर गरेर उपलब्ध गराउँदै आएको उनले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप